भूकम्प, प्रेम र सम्झना

भूकम्प, प्रेम र सम्झना

‘आज त एक्लै छु यार ।’

फेसबुक मा गफिँदै गर्दा मैले उनीलाई भनेँ ।

‘खै र साथी?’

उत्सुक हुँदै उनले सोधिन्।

‘गुड फ्राइडे मनाउन साथीकोमा गएको छन् ।’

एक्लो फिल मिक्स गरेर उनीलाई भनेँ ।

‘तिमी पनि जानु पर्छ त ।’

‘मलाई त्यस्तो कुरा मन पर्दैन ।’

‘के कुरा होर त्यस्तो?’

अचम्म मान्दै उनीले सोधिन् ।

‘खासै केही होइन, अलिअलि दारु पार्टी र यस्तै… ।’

हाँस्दै मैले भनेँ ।

‘तिमी पिउँदैनौ र?’

मेरा हरेक उत्तरमा उनीले झन् उत्सुकताले भरिएका प्रश्नहरू सोध्थिन् ।

‘नाइँ नाइँ । मलाई मन पर्दैन त्यस्तो कुरा ।’

सोझो पारामा मैले भनेँ ।

‘गुड । सधैँ यस्तै रहनु है ?’

‘यस्तो भन्या कस्तो ?’

नबुझे झैँ गरी मैले फेरी सोधेँ ।

‘पछि भन्छु । अहिले खाना खान गएँ ल बाइ ।’

‘ए सुन न निद्रा नलागे तिमीलाई कल गर्छु ल ?’

हतार हतार गर्दै सोधेँ । तर रिप्लाई आएन ।

पढेर बसिरहेको थिएँ, ठिक १० बजे मोबाइलमा म्यासेज आयो । खोलेर हेर्दा उनीकै रहेछ । लेखिएको थियो ‘हस् ।’

‘अब गरम?’

हतार हतार रिप्लाई दिएँ ।

‘ओके ।’

उताबाट यस्तो म्यासेज आएपछि रिप्लाई को साटो फोनको घण्टी बजाएँ ।

रिसिभ भयो  ।

‘हेलो…’

‘हाइ…’

जिन्दगीमा पहिलो पटक त्यसरी कोही केटी सँग बोल्दै थिएँ त्यो पनि रातिमा । फोन कन्टिन्यु भइरहँदा मोबाइल तातियो । लाउड स्पिकर बनाएर सिरानीमा राखेर बोलिरहेँ । झन् सँगै भएको आभास भयो । उनीले पनि साथ दिइरहिन् । यस्तो प्रेमिल साथ जून उनीले फेर्ने श्वास पनि प्रिय लाग्थ्यो जहाँ घरमा कसैले सुन्लान् कि भन्ने डरले बोलेको मन्द बोली मिसिएको थियो ।

‘४ बजिसक्यो अझै निद्रा लागेको छैन?’

श्वासमा मुस्कान मिसाएर उनीले भनिन् ।

‘यस्तो लागिरहेको छ कि तिमी सँग बोल्दा निद्रा त के भोक पनि लाग्दैन ।’

मैले हाँस्दै भनेँ ।

‘पागल !’

तिमीले पनि फिस्स मुस्कान फ्याँकेर भन्यौ ।

‘ल अब सुतौँ है, पछि बोलौँला ।’

हुन्छ भन्दै प्रेमिल नीद निदाएँ ।

बिहान ९ बजे साथी आइसकेपछि बिउँझिएँ । फेसबुक खोलेर हेरेँ । उनको म्यासेज आएको रहेछ ।

‘गुड मर्निंग! , निद्रा पुगेन ?’

उनको त्यो म्यासेज ले निद्रा पुर्‍याइदियो । म पुरै बिउँझिएँ । उठेँ । र रिप्लाई दिएँ ।

‘गुड मर्निंग!, तिम्रो म्यासेज पढे पछि निद्रा नि पुग्यो ।’

‘हा हा ओके, अब फ्रेस हौ । खाना पकाऊ, खाऊ त्यसपछि कुरा गरौँला ।’

अनलाइन नै रहिछिन्, तुरुन्तै रिप्लाई आयो ।

हुन्छ भनेपछि उनी गइन् तर म भने उनको ‘पछि’ मा आशाका किरण देख्न थालेँ । मनमनै खुसीले गद्गद भएँ ।  मन र मस्तिष्कको अन्तर्द्वन्द्व पछि लेख्दै काट्दै गरेको म्यासेज सेन्ट भयो । जहाँ लेखिएको थियो,

‘डु यु लभ मि?’

१० बज्यो, ११ बज्यो, नुहाएँ, खाना पकाए, खाएँ प्रत्येक मिनेट र सेकेन्डको गन्ती मुटुको धड्कनले गरिरहेको थियो । कुर्दा कुर्दै १२ बज्नै लाग्दा उनीको  रिप्लाई भन्दा पहिले भूकम्प आयो र धड्कन झन् बढाएर गयो ।

 

क्रमसः

Leave a Comment