About Me

suman khadka

जीवन –
….

खालि ठाउँ आफै भर्नुहोस्!

 

यो दुनियामा पहिलो परिचय त नाम नै होला त्यसैले नाम बिनाको मान्छे हुदैन  | मान्छे मात्र किन हरेक चिजको नाम हुन्छ जसै मेरो पनि रहेछ |

मेरो नाम सुमन -सु-मन जसको अर्थ पनि राम्रो छ सफा, स्वच्छ, सुन्दर –मन र यस्तै यस्तै तर थाहा छैन नाम अनुसारको मान्छे छु कि छैन | यो दुनियामा सुमन नाम गरेका मान्छे त धेरै होलान,  त्यसमा मलाइ कसरि चिन्ने ? त्यसमा म आफै कन्फ्युज छु तपाइँ नहुने कुरै भएन हैन र ? तर  संसारमा भएजति सुमन मध्य पक्कै पनि एउटा म पर्छु होला तर चिन्न गाह्रो हुन्छ त्यसैले नाम मात्र काफी भएन मान्छे चिन्न अरु केहि बताउछु |

मेरो प्रतिबिम्ब – मलाई चिन्नका लागि मुख्य चिज मेरो प्रतिविम्ब हो जस्तो लाग्छ | मतलब तस्बिर | हुनत अहिलेको जमानामा पनि के को तस्बिरको भर पर्नु कहिँ कस्तो कहिँ कस्तो! कम्प्युटरले गर्दा सबै ब्राड पिट | कहिले त आफैले आफैलाई चिन्न गाह्रो पर्छ | त्यसैले अरु नै परिचय खोजौं |


शैशिक योग्यता – शिक्षा त सबैसंग हुन्छ त्यसमा मेरो छुट्टै परिचय बनेको छैन |

मेरो लक्ष्य – लक्ष्य भनेको भविष्य हो | यो भविष्यले नै बताउला |

म को हुँ ? अहिले सम्म पनि मलाई चिन्ने कुनै गतिलो प्रमाण भएन | त्यसैले अरु भन्दै छु | कतै यसबाट चिन्न सकिन्छ कि ?


म आफैलाई चिन्ने प्रयास गर्दै छु 

 ‘म साधारण केटो  । होइन क्या रे, केहि असाधारण गुणहरु पनि छन् ।’  राम्रा कि नराम्रा ? – त्यो त भन्न सक्दिन, तर ति अलि फरक छन् अरु भन्दा | तर, ति पनि परिवर्तनशिल छन, समय संगै, अनि परिस्थिति संगै | सबैले भन्ने गरे जस्तै ‘म एक नेपाली, …

साहित्यमा रुची राख्छु, किताबहरु संग गफ गर्न र कलमसंग खेल्न बहुत आनन्द आउँछ | तर आजभोली कलमभन्दा कम्प्युटरको किबोर्डमा हातहरु बढी चलिरहेका छन् | सायद भोलि पनि | घुम्न मन पर्छ | केहि नयाँ कुराहरु सिक्न मन पर्छ | यी र यस्तै यस्तै …

जन्मिसके पछि  केहि न केहि गर्नु पर्छ है भन्ने सोचं पक्कै छ ।

गफ अलि बढी भयो कि क्या हो?, आफैलाई झ्याउ लागि सक्यो । तपाईंलाइ झन कति दिक्क लाग्या होला ! कतिले “तँ, जोसुकै होस्” भनेर कम्प्युटर नै बन्द पनि गर्नु भयो होला । फेरि कम्प्युटर भने कि क्या हो … कम्प्युटर नै त होइन होला, मेरो ब्लग मात्र हो कि?

हा हा हा! मैले आफुलाइ जति जानेको थिएँ त्यति भनिसके जस्तो लाग्छ | त्यो भन्दा बढी जान्न यहाँ क्लिक गरेर सोध्नुहोस् | नत्र यो इन्टरनेटको जमाना छ फेसबुक, टुइटर, इन्स्टाग्राम, ब्लग, युटुब, वेबसाइट, सबैतिर छु | जहाँ पनि कनेक्ट हुन सक्नुहुन्छ |

तपाइंको जिन्दगीको केहि मिनेट, मलाई पढ्नको लागि छुट्याउनु भएकोमा धेरै धेरै धन्यवाद | सदा आभारी रहनेछु | अनि अँ! मैले लेखेका लेखहरु पनि पढेर सल्लाह/सुझाब दिदै गर्नुहोला है |

Subscribe to my newsletters

Listen my Podcast