मनुसा- (कथा)

मनुसा- (कथा)

सौरभको घरबाट निस्किएर सिडीबाटओर्लदै गर्दा मेरो खुट्टा एक्कासि झस्किए र साथसाथै मन पनि झस्कियो | आखा भने केहि पर तर संगै टासिएको घरको बगैचामा उभिरहेकी एक युवतीको पृष्टभागमा गएर बाधियो | एकतमासले बगैचामा फुलिरहेका फूलहरुतिर हेरिरहेकी युवती परिचित जस्तो लाग्थ्यो | सिडीको अन्तिम खुड्किलो झर्दैगर्दा सायद मेरो जुत्ताको आवाजले उसको एकोहोरो मन झस्केको हुनुपर्छ र त्यहि झस्केको मनले म भएतिर हेरी | हामीले एक असिम अबिस्वासका साथ हेरिरह्यौ एकाग्र भएर | एकतमासले | मानौ एक्कासि नचिताएको प्रतिफल पाएका छौ |

‘तिमि ?’

उसको आवाज उत्तेजनाले चम्किएको थियो र मेरो अनुहारमा एउटा मुस्कान उदाउन खोजिरहेको थियो तर जवाफमा मैले टाउको हल्लाइरहें सायद मेरो त्यो क्रियाकलाप बडो अश्वभाबिक लागिरहेको हुदोहो उसलाइ |

‘आउन एकैछिन बसौं |’

उसले छेवैको कोठातिर इशारा गर्दै भनि | सायद उसले मेरो असजिलोपनलाई पढेर भनि,

‘एक्लै छु, कोही पनि छैन |’

म हासिरहें मात्र एउटा फिक्का र धमिलो हासो जसको कुनै रुप र रंग थिएन | ढोका खोलेर भित्र छिरी |

‘आउन |’

उसले यसरि बोलाइरहेकी थिइ कि मानौ भर्करै प्रस्तावित नया प्रेमीलाई स्वागत गर्दै छे |

म भित्र पसें |

‘बस न |’

उसले ढोकाको दाहिने साइडतिरको सोफामा इशारा गर्दै भनि | म बसें | यतिबेला सायद मेरो अनुहारमा आज्ञाकारी बालको भाब पोतिएको हुदोहो | उ पनि अगाडीपट्टिको सोफामा बसी | हाम्रा बिचमा एउटा टेबल सिमा रेखाझै उभिएको थियो | झट्ट हेर्दा उ साधारण लाग्थी | साधारण पहिरन | मेरा आखाहरू उ बाट निस्किएर कोठाको चारैतिर दौडिन खोजे तर केहि त्यस्तो चिज देखिएन जुन कुराले उसको परिचय झल्काउन मद्दत गर्थ्यो | कोठाएकदमै परिचयहीन थियो यतिसम्म कि न कुनै पोस्टर, न क्यालेन्डर न फोटोहरु केहि पनि थिएन बाहेक ढोकाको देब्रे साइडमा एउटा बुक र्याक जसमा बिभिन्न प्रकारका पुस्तकहरुले भरिएको थियो | छेउमै एउटा बेड थियो जसलाई उसको कुर्ताजस्तै चम्किलो तन्नाले ढाकिएको थियो | बेडको दक्षिणतर्फ झ्याल र पश्चिमतिर एउटा ढोका थियो र माथितिर सोफा, टेबुल, र अलि माथि कुनामा एउटा LED टिभी थियो | मानौ अनुसन्धानको लागि खोजतलास गरेझै एकै हेराइमा सबैतिर नजर डुलाईसकेको थिएँ मैले | एकछिन त्यो कोठाको भयानक तनाबमा हामि चुपचाप हामि बसिरह्यौ | म केहि बोल्न चाहन्थें तर बोल्नको लागि म संग शब्दहरु एकाएक हराएको भान भयो | मनमा एककिसिमको अस्पस्टता छाइरह्यो | कुइरोझैँ | फेरी हामी धेरै बोल्नेपनि कहाँ थियौ र ?

‘साच्ची तिमीलाई मैले बनाएको चिया मिठो लाग्छ हगी ? बस्दै गर है एकैछिनमा म बनाएर ल्याउछु |’

यति भनेर उ उठी |

‘भैगो दु:ख नगर | भर्करै सौरभको घरमा कफी पिएर आएको छु | फेरी मैले चिया पिउन छोडिसकें |’

मेरो पहिलो बोल्ली निस्कियो त्यो पनि कठोर सब्दका साथ | उ आश्चर्यजनक तरिकाले हेरी सायद मेरो पछिल्नो शब्दले उसलाई अचम्मित पारेको हुनुपर्छ |

‘यहाँ आएर केहि नखाएर जान्छौ?’

उ आश्चार्यमिश्रित स्वरमा भनि|

म केहि बोल्न खोजिरहेको थिएँ बिचमै रोकेर फेरी भनि-

‘चिया छोडेको भए कफिनै बनाउछु |’

उसको यो भनाइलाई आग्रह भनौ या के ? म अनविज्ञ थिएँ |

‘हैन चिया नै बनाउ |’

मैले भनें | उ मुस्कुराई र भनि-

‘छोडेको चिजलाई पनि कहाँ भुल्न सकिन्छ र होइन ?’

यति भनेर उ किचेनमा  छिरी मलाइ एउटा प्रश्नको पहाडमा एक्लै छोडेर |

***

नया कोठा, नया बिहान, सायद नया परिबेस र नया ठाउ भएर हुनुपर्छ रातभर खासै निद्रा परेन तर पनि मंसिरको चिसो समयले बिहान ओछ्यानबाट उठ्न अल्छी बनायो | ७ बजिसकेको थियो बिहानी सिरेटो झ्यालबाट छिरेर बिस्तारै मलाई जिस्काईरहेको थियो र मलाई उठ्न बाध्य बनायो | उठेर झ्यालको पर्दा सर्काउँन लाग्दा अचानक मेरा आखा पारीपट्टी अर्को घरको कौसीमा उभिएर चिया पिउदै गरेकी एक युवतीमा गएर ठोक्किए | यसरि ठोक्किएका थिए कि आखा झिम्काउँन समेत मन लागिरहेको थिएन | कानमा इएरफोन घुसाएकी, कपाल फुक्का छोडेकी, ट्रयाक-सुटमा सजिएकी मानौ भर्करै मर्निंग वाक गएर फर्किएकी थिई | आखा नाझिम्काउदै उभित्र पसी, फेरी आउछे कि भनि एकछिन सम्म हेरिरहें तर उ आइन | १० बजेसम्म घरि झ्याल घरि कौसीमा गएर हेरिरहें तर फेरी देखिइन | भोलिपल्ट उसैगरी देखा परि र सधैझै बिहानको समयमा देखिन्थी म त्यसरीनै हेरेर मन भर्थें |

एकदिन सधैझै झ्यालबाट चिहाएर हेर्दैगर्दा उसले पनि मतिर पुलुक्क हेरी | हत्तपत मैले पर्दा बन्द गरें | त्यतिखेर यस्तो भान भैरहेको थियो कि मानौ कुनै सर्बांग नाङ्गो स्त्रीलाई देख्दै थिएँ र म रंगिहात पक्डिएको थिएँ उ बाट | फेरी पर्दा अलिकति सारेर हेरेको उ म भएतिरै हेरिरहेकी थिइ र मैले फेरी हेर्ने आट गर्न सकिन त्यसरी |

शनिबारको दिन दिउसो कौसीमा बसेर घामको राप र हातमा एउटा पुस्तक लिएर बसेको थिएँ | उ पनि घाम ताप्दै बसिरहेकी थिइ | मेरो ध्यान भने किताब भन्दा उ तिर बढी थियो | उ भने भर्करै नुहाएर कपाल सुकौदै थिई सायद | उसको फुक्का कपाल र उसले गरिरहेको क्रिकलापले यस्तै देखाउथ्यो | त्यसरी हेर्दा हेर्दै एकपटक उसको र मेरो नजर एकैपटक एक अर्कामा पर्यो र नजर चुकाउन सकेनौ | एकोहोरो हेरेको हेरै भयौ आखा झिम्किएनन् | यसरि हेरेका थियौ कि मानौ बर्सौ पहिले छुट्टिएका एक प्रेम जोडी भर्करै भेट भएको थियो | त्यसरी हेर्दा अनेक भाब पोतिएको थियो मेरो अनुहारमा र त्यतिखेरनै असहज परिस्थितिका बाबजुत पनि हात उचालेर हाई भन्न भ्याएँ त्यतिखेर मेरो हात हल्लाउनु परेको थिएँन आफै हल्लिएको थियो डर मिश्रित भावमा तर असहज रुपमै भएपनि उसले हाइको रिप्लाई गरेकी थिइ | त्यो बाहेक बोल्नको लागि शब्दहरु मुक्तकण्ठमै अड्किएको थियो मात्र एक नमिठो मुस्कान बाहेकं |

‘मनुसा ?’

कुनै नारिश्वर प्रबाह भयो कतै भित्रबाट |

‘हजुर आएँ |’

भन्दै उ भित्र छिरी | म भने उसको नाम थाहा पाएको खुसीमा उसको नाम जप्दै बसें ‘मनुसा’ |

***

 

सोफाबाट उठेर झ्यालको पर्दा अलिकति सर्काएं | बाहिर मनुसाले अघि हेरिरहेका बगैचाका फूलहरुमाथि पुतलीको छुट्टै संसार थियो | आकाशले सूर्यास्तको पहिरन पहिरन लागेको थियो | भित्र मनुसाले चिया कपमा राख्दै गरेको आवाज कानमा गुन्जियो |

‘सुरज ?’

भित्रैबाट मनुसाले बोलाइ |

‘हँ ?’

म झस्किएको आवाजले भने |

‘चिया किन छोडेको तिमीले ?’

उसले मन्द मुस्कानका साथ उत्सुकता देखाउदै सोधी |

‘छोडेको भए अहिले तिमीलाई फेरी किन पकाउन लगाउथें त ?’

मैले पनि सक्दो मुस्कानका साथ भने |

‘अनि पिउन छोडेको छु किन भनेको त ?’

फेरी उस्तै प्रश्न उस्तै क्रिया सहित उसले खडा गरिदिई म माथि |

‘तिमीले पकाएर खुवाएको चियाको बानी परेको थियो, तिमीले छोडेदेखी खानु र नखानुमा केहि फरक देखिन त्यसैले नखाएको |’

भर्करै देखिन थालेको मुस्कान एकै शब्दले मारिदियो दुबैको | चुपचाप चिया पिईरह्यौ दुबैले | उ हातमा चियाको कप लिएर एकटक मलाइ हेरिरहेकी थिइ | मेरा आखाहरु भने उसको अनुहारमा टिक्न सकिरहेका थिएन् | उसले कप टेबलमा राखी | एकछिन त्यसरी मौनातामै झ्याल बाहिर अस्ताउँन बाकि घामका किरणहरु हेर्न थालि |

यति कमजोर त थिएन म तर पनि मन आफैमा एक किसिमले लत्रिएको थियो | बोल्नको लागि शब्दहरु थिएनन् म संग | त्यतिखेर मेरो मनमा झरी परिरहेको थियो र म रुखिरहेको थिएँ | त्यो झरी त्यो रुझाई अनायास थियो | एकदम अनायास |

‘मनुसा ?’

उ केहि सोचिरहेको हुदिहो सायद, एक्कासि मौनतालाई चिर्दै मैले उसलाई बोलाएँ |

‘हं?’

उ झस्कीएर बोलि |

‘साच्ची तिमीले मलाई त्यस दिन किन छोडेर गएकी ?’

मैले उसको र मेरो बिचमा कुनै सुरक्षाको पर्खालझैँ एउटा प्रश्न खडा गरिदिएँ | बास्तबमा उसको अगाडी म आबरणहिन बन्न चाहन्नथें |

‘कथा धेरै लामो छ, यसबारे फेरी कुनैदिन भनुला | बरु तिमि भन के गर्दै छौ आजभोली ?’

उसले मेरो सुरक्षाको पर्खाललाई सहजै भत्काई आफ्नो पर्खाल ठड्याई | मलाइ लाग्यो यो प्रतिप्रश्नको सहयोगले उ म बाट छेलिन खोजिरहेकी थिई जसरि म उ बाट छेलिन खोजिरहेको थिएँ अगाडी | अचानक मलाइ के लाग्यो भने सबै कुरा पराइ भैसकेको छ टाढा टाढा सम्म केहि चिन्न सकिन्न | त्यो कोठा, र कोठामा भएका सामान सबै अपरिचितको छाया ओडेर उभिएका छन् मजस्तै| अनि उ र म बास्तबमा लुकामारी खेलेर एक अर्कोलाई छल्न खोजिरहेका छौं |

फेरी स्तब्द र मौन भयौं | सधैझै उसको अगाडी उभिनुको सम्मोहनले मायाले झै मलाई पुनः छोपिरहेको भान भयो | उ मेरो अगाडी अनन्त लोकझैँ स्वप्नलोकसम्म फैलिएकी थिइ | सायद म पनि सपनाइँ रहेको थिएँ उदास, अहम् र असजिलोपन अनि जिज्ञासामिश्रित | र यसरि मैनबत्तिझैँ पग्लिएर एउटा चौतारो निर्माण गरिदियौं र त्यसैमा मौनता आएर बिश्राम गर्यो | एउटा लामो अन्तरालपछि यो साझमा हामि दुइ संगै थियौं | हामीले बोलिरहेका शब्दहरु अर्थहीन भइरहे तर पनि हामीले नबोलिकनै बोलिरह्यौ, सुनिरह्यौ |

***

पुस महिनाको एक साँझ म चाबहिल स्तुपामा साथीहरुसंग गफिदै बसिरहेको थिएँ त्यति बेलै मान्छेहरुको त्यो अपरिचित भिडमा एउटा परिचित अनुहार देखियो | त्यो अनुहार मनुसाको थियो | त्यतिखेर उ असाध्यै सुन्दर देखिएकी थिइ | यस्तो भनौं मलाई त्यस्तो लाग्थ्यो त्यतिनै राम्री सायद जति कल्पना गर्न सकिन्थ्यो | उसले रातो सिम्रिक रंगको कुर्ता, कुर्ता बाहिर रातै सुइटर र हरियो चुन्गीदार सुरुवाल लगाएकी थिइ | अनि मलाइ सम्झना छ हरियो रंगको सल ओढेकी थिइ | बाक्ला काला केशहरु काधसंम हुनेगरी छाटिएका थिए | साधारण पहिरण तर असाध्यै राम्री उ एउटी केटीसँग गफिदै थिइ |

हेर्दा हेर्दै उनि दुइ एक अर्को संग छुट्टिएर आ-आफ्नो बाटो लाग्न थाले र म पनि साथीहरुसंग बिदावारी मागेर हतार हतार उसलाई पछ्याउन पुगें | सायद साथीहरुले कल्पना सम्म गर्न सकेनन होला कि यसलाई के भयो र गयो भनेर |

‘मनुसा ?’

हिड्दै गर्दा पछाडिबाट उसलाई बोलाएँ | उसले पनि पुलुक्क मतिर फर्केर हेरी र आस्चार्यमिश्रित स्वरमा भनि-

‘हाइ…’

‘हाइ म सुरज |’

हल्का फिक्का मुस्कानका साथ मैले परिचयको हात अघि बढाएँ | उसले पनि सहजै हात अघि बढाई र भनि –

‘म…’

‘मनुसा |’

उसले भन्नु अघिनै मैले उसको परिचय खुद दिइसकेको थिएँ | हामि दुवै हास्यौं |

‘कसरि थाहा पायौ मेरो नाम ?’

उसले अचम्मित मान्दै सोधी र पहिलो भेटमै तिमि भनेर सम्बोधन गर्दा अझैं नजिकिएको अनुभब भैरहेको थियो मलाई |

’११ दिन अघि सुनेको, तिमीलाई कसैले बोलाइरहेको थियो त्यो नामले… |’

‘ओ माइ गड, त्यतिखेर सुनेको नाम कसरि याद राखेको अहिलेसम्म ?’

‘कुनै नाम यस्ता हुन्छन जुन नाम एकपटक पढेपछि दिलमै छाप बस्दो रहेछ | कहिलै नामिटिने गरि |’

मैले पनि सहजै मनमा लागेको कुरा भनिदिएँ | हामि हिडिरहेका थियौं | करिब १० मिनेटको बाटो कटेको पत्तै भएन | हामि छुट्टिएर आ-आफ्नो कोठातिर गयौं | कोठामा पुगेर उ देखिने कौसीमा हेरें कतिचाडै उ त्यहाँ देखापरेकी थिइ | फेरी मुस्कान साटासाट भयो | फेसबुक खोले रिक़ोइस्ट आयो मनुसाको तुरुन्तै एसेप्ट गरें | अनि सुरुवात भयो फेसबूकामा कुरा | त्यसरी दैनिक नजिक्याउदै गयो फेसबूकाले हामि दुइलाई एक दुरीमा रहेका बिशाल मनहरुलाई |

***

‘आज यहि खाना खाएर जाउ है ? म बनाउछु |’

अचानक उ आफु बसिरहेको ठाउबाट उठी |

‘म घरमा खाइहाल्छु नी तिमि किन …?’

उसको अनुहारमा बिचित्रको भाब बिकसित हुदै गैरहेको थियो | त्यो देखेर म चुप लागें |

‘मलाइ खुसि लाग्नेछ, आज धेरै दिनपछि कसैसंग बसेर संगै खाना खादै छु |’

उसको औपचारिकता अलि बढीनै थियो | हामि जे थियौं सायद त्यो हुन सक्दैनौं | समय फेरियो समयसंग मन पनि फेरिएको हुनसक्छ तर पनि उसको हार्दिकता र औपचारिकताले मलाइ नतमस्तक बनायो |

‘मनुसा ?’

मेरो मुखबाट फुत्त उसको नाम निस्कियो | भित्र जादैगर्दा उ टक्क रोकिएर म तिर पुलुक्क हेरी र भनि –

‘हँ..?’

उस्तै भाव | उस्तै व्यवहार | उस्तै मन | र उसको अनुहारमा उस्तै चमक देखें जुन २ वर्षपहिले मेरो आखाको वरिपरी हुन्थ्यो सधैं
| म हेरेको हेरै भएं उसको अनुहारतिर |

‘सुरज..?’

उसको आवाजले म झस्किएँ |

‘तिमीले केहि भन्न खोज्दै थियौ ..?’

उसले सोधी |

‘होइन केहि होइन |’

‘के म तिमीलाई मद्दत गर्न सक्छु खाना पकाउन ?’

म नजानिँदो पाराले हासें र उ पनि हास्दै भित्र पसी | लाग्यो उसको हासोको अर्थले आउन संगै मिलेर पकाउँ जसरि पहिले पकाउँथ्यौं |

***

सम्झन थालें बिगत | हामि दुइ बिस्तारै बिस्तारै नजिकिदै गयौं | सधैझै च्याट, फोन, भेटघाट हुन थाल्यो | उ एक्लै बस्दि रहिछ कोठा लिएर | बिहान सबेरै उठेर मर्निंग वाक जाने बानि रहेछ उसको | पछी पछी मलाइ नी लिन थालि संगै | बाटो अधेरो हुन्थ्यो तर उज्यालो मन लिएर सधै चाबहिल देखि एरपोर्ट सम्म फन्को मारेर आउथ्यौं, चिया खाएर आ-आफ्नो कोठा जान्थ्यौं |

सधैझै बाहिरै चिया खाएर जाउँ भन्दा उसले आफुले पकाएर खुवाउने भनेर मलाई आफ्नो कोठामा लिएर गई| मैले नकार्न सकिन | चिया बनाएर खुवाई | उसले बनाएको चिया यस्तो लाग्थ्यो सायद सबैभन्दा मिठो चियाको स्वाद पहिलोपटक लिदैछु | र त्यसरिनै हाम्रो नया दिनको सुरुवात हुन्थ्यो |

त्यो फाल्गुन महिनाको एक साझ | जाडो बिस्तारै कम हुदै गैरहेको थियो | मनुसा चौरमा मेरै छेउमा पल्टिरहेकी थिइ | सर्बांग नाङ्गो शिरिसका रुखहरु गतिहीन भएर खडा थिए | म मौन थिएँ एककिसिमको शान्तिकालीन स्तब्धताले बाधेको थियो बाताबरणलाई | बिचबिचमा मनुसाको  शरीरबात प्रसारित परफ्युमको गन्धले मेरो नाक छुन आइरहेको थियो | एउटा कोमल र रहस्यमय गन्ध | साझको पातलो पछेउरा ओढेर आकास हिडिरहेको प्रतित हुन्थ्यो | यस्तैमा अचानक कतैबाट हावा प्रवाहित भएर आयो | फाल्गुन महिना भर्करै सुरु भएको थियो चिसो सिरेटोले उसको सल उडाउन खोज्यो | मैले रोकिदिएँ | केहि पात नझरेका रुखहरु हावाको प्रभावले सरसराउन थाले| केहि अगाडी बसिरहेका चराहरु चिर्बिराइरहेका थिए | मानौं सारा बाताबरणले गीत गाइरहेको थियो | कुनै प्रेम भाव बोकेको गीत | हामि दुइ त्यहि गीतको लयमा मस्तसँग अभिनय गर्दै छौं | यस्तैमा अचानक उसले सोधी-

‘तिमीलाई एउटा कुरा थाहा छ ?’ ‘छ, अधेरो हुन लाग्यो अब घर फर्कनुपर्छ |’ मैले यसरि भनिरहेको थिएँकि सायद कतै जान हतारिको थिएँ | ‘किन डर लाग्छ तिमीलाई म संग ?’ उसका शब्दहरुमा उत्सुकताको पातलो लेपन थियो |

‘म..’

म केहि भन्न खोज्दै थिएँ बिचमै उसले रोकी र फेरी अर्को प्रश्न थपी |

‘आज कुन दिन हो थाहा छ ?’

उत्सुकताले भरिएको आवाजले उसले सोधी |

‘शनिबार त हो नि | किन सोधेको ?’

मैले उतर सहित प्रश्न थपिदिएँ | उसको उत्सुकता हराएर गयो |

‘सुरज, आज भ्यालेन्टाइन्डे हो तिमीलाई केहि भन्नु छैन ?’

‘ए हो र ? मलाइ त केहि भन्नु छैन तिमीलाई केहि भन्नुछ भने भन न |’

मैले केहि थाहा नपाएझैं अनि केहि नभन्नुको अभिनय गरेर उसको प्रश्न उतिरै फर्काइदिएं |

उ अझै गम्भीर भइ सायद केहि बोल्नको लागि शब्दहरु खोज्दै थिइ |

‘ल सुन, म तिमीलाई धेरै मन पराउछु | यति धेरै कि त्यति अरु कसैलाई मन पराउदिन | तिमीसंग हुदाँ मन अनौठो किसिमले शान्त हुन्छ | हजारौं मान्छेको भिडमा पनि मलाइ मात्र दुइ आखाले हेरेको मन पर्छ ति आखा तिम्र हुन त्यसैले तिम्रा आखाले पनि मलाइ हेरिरहुन जस्तो लाग्छ |’

‘अनि?’

‘अनि तिमिसंग कुरा गरिरहन मन लाग्छ | तिमीसंग बसिरहन मन लाग्छ |’

यति भनेर उसले आफ्ना आखाहरुलाई पश्चिमतिर अलिकति डुब्नबाकि सुर्यतर्फ़ फर्काइ|

‘आइ लाभ यु…’

गोजीबाट झन्डै टुक्रिसकेको तर नटुक्रिएको गुलाफको फूल हातमा लिएर मैले उतिर हात बढाएँ | उसले अचम्मित हुदै ठुला ठूला आखा बनाएर म तिर हेरी | सायद उसलाई अचम्ममा पार्ने गुलाफको फूल थियो कसरी सम्भब भयो यो सब भनेर | र मुस्कानका साथ झोलाबाट एउटा गिफ्टको प्याकेट सहित फूल दिएर भनि –

‘लभ यु टु …’

र अंगालोमा कस्सीई |

यसरि एक नया प्रेम जोडी भएर हिड्न थाल्यौं अनौठो परिबेस लिएर | मलाई भने उसको प्रेमले यति सम्म बहुलाएको थियो की सबै कुरा भुलेर उसैलाई मात्र सम्झीरहन्थें| बिदाको दिन हाम्रो लागि छुट्टै रौनक लिएर आएको हुन्थ्यो | कहिले कलेज छोडेर फिल्म हल र कुनै पार्कमा गएर घन्टौं बितेको पत्तै हुदैनथ्यो | हामीलाई त्यतिखेर यस्तो लाग्थ्यो प्रेम गर्न समय कहिले पुग्दैन | त्यसरी दिन, हप्ता, महिना बित्न लागे | हाम्रो लागि ति दिनहरु छोटा लाग्न थाले | एकदमै छोटा |

बैशाकको कुनै दिन | म कलेजमा थिएँ | मनुसाको म्यासेज आयो | लेखिएको थियो-

‘सुरज मैले तिमीलाई इ-मेल पठाएकी छु हेर्नु ल …’

के लेखेर पठाईहोलि इमेल मा …मलाइ उत्सुकताको आकासले घेरिरहेको थियो | घरै पुगेर पढ्छु भन्ने लाग्यो | बेलुकी ६ बजे म कोठा पुगें र मनुसा बसेको घरतिर हेरें कसैलाई देखिन र ल्यापटप खोलेर इमेल चेक गरें | अन्य इमेल सहित मनुसको इमेल सबैभन्दा माथि थियो र खोलेर पढ्न थालें-

‘प्रीय सुरज !

प्रिय भनेर सम्बोधन गरें किनकि तिमि मेरो मनमा सधै प्रिय रहनेछौ | यो इमेल लेख्नुको बिशेस कुरा के छ भने यस्तो कुरा जुन तिमीलाई प्रतक्ष्य फोन गरेर भन्ने हिम्मत गर्न सकेकि थिइन ति कुरा लेख्न इमेलको साहारा लिएकि हुँ | सुरज आज म तिम्रो मन दुखाउदै छु किनकि अब देखि तिम्रो नजरमा अर्को पटक नपर्ने गरि जादैछु | कहाँ जादैछु भनेर भन्न म सक्दिन र तिमि पनी खोज्ने कस्ट नगर्नु | सुरज, मलाई माफ त पक्कै गर्ने छैनौ किनकि यो माफ गर्न लाइकको कुरै होइन | मलाई धोकेबाज त पक्कै भन्नेछौ तर मैले तिमीलाई धोका दिन खोजेकी होइन | मेरो बाध्यता यस्तै थियो जुन तिमीलाई पहिलेनै भन्नुपर्ने थियो तर भन्न सकेकी थिइन र त्यहि बाध्यताले आज तिमीलाई छोडेर जान बाध्य बनायो | यो भन्दा धेरै लेख्न सकिन बस् अब मलाई भुल्ने प्रयाश गर्नु | अलबिदा…|

मनुसा !’

यति पढ्दा पढ्दै मेरा आखाबाट आसुका थोपाहरु ल्यापटपको किवार्डमा झारिरहेका थिए | आशु पुछ्नका लागि हातहरु लल्याकलुलुक भएका थिए | लार्बराउदै भएपनि मोबाइल हातमा लिएर उसको नम्बरमा डाइल गरें फोन लागेन | फेसबूकामा हेरे एकाउन्ट डीएक्टिभ गरिसकिछ | उ बसेको कोठा गएँ | कोठा बन्द थियो नजिकै अर्को कोठामा बस्ने दिदीलाई उसको बारे सोधें उनले भनिन –

‘खै बाबु उनको बुवा आउनुभाको थियो लिएर जानुभो | बिचरी ! जादाखेरि रुन्चे अनुहार लिएर गएकी थिइन |’

म त्यहाबाट केहि नबोलीकनै निस्किएँ | उसको साथि सर्कल कसैलाई चिनेको थिएन | घर त भन्दै थिइ हेटौडा तर कता मलाई केहि थाहा थिएन | उसलाई सम्पर्कमा ल्याउने कुनै कसुर बाकि राखिन तर सबैमा म असफल भएँ |

***

खाना खादै गर्दा मैले फेरी सोधें –

‘के भएको थियो मनुसा त्यतिखेर जुन कारणले तिमीले मलाइ छोडेर गएकी थियौ ?’

मैले जान्न चाहन्थें र फेरी उही प्रश्न दोहर्याएं |

‘भैगो छोडिदेउ यी कुरा बरु भन खाना कस्तो लाग्यो ?’

उसले फेरी टार्न खोजि | त्यतिखेर खानको स्वाद कस्तो छ भनेर विचार गर्नुभन्दा मलाई उसको कुरा सुन्नु थियो |

‘मिठो छ …| थाहा छ मनुसा तिमीले छोडेर गएदेखि कति पीडादायी जीवन बाचेको छु म ? के तिमीलाई अलिकति दुख र पिडा भएन ?’

मैले भनें |

‘दुख र पिडा त गहना हुन जिन्दगीका |’

उसले सहजै उत्तर दिई तर मैले बुझ्न सकेको थिएन उसको कुरा |

‘अब जान्छु |’

खाना खाइसकेर मैले भनें |

‘अब हाम्रो भेट कहिले हुन्छ ?’

उसले म हिड्नै लाग्दा उत्सुकताका साथ भनि |

‘तिमीले मैले २ चोटी सोधेको प्रश्नको उत्तर जहिले दिन्छौ त्यहि दिन |’

मैले सक्दो मुस्काउदै भनें |

‘त्यसोभए तिम्रो मोबाइल नम्बर देउ म कल गर्छु |’

उसले भनि | मैले नम्बर दिएँ र बिदा मागेर हिडें |

बाहिर अधेरोले छोईसकेको थियो | गाडीको आवत जावत बिस्तारै कम हुदै थियो | अब पर्खनु थियो उसको फोन अनि थाहा पाउनु थियो उसको कथा | यसरि हिड्दै गर्दा उसले अघि बोलेका शब्दहरु-‘दुख र पिडा त गहना हुन् जिन्दगीका..’ मेरो अन्तस्करनमा गुन्जिरहे एउटागीतको भाका बनेर |

यो कथाको अर्को पार्ट पढ्न यहाँ क्लिक गर्नुहोस्

Leave a Comment

Subscribe to my newsletters

Listen my Podcast