गूगल ले ल्यायो नयाँ फिचर, जसले नेपाली लगायत ४२ भाषामा पढ्न सक्छ आर्टिकल
 

गूगल ले ल्यायो नयाँ फिचर, जसले नेपाली लगायत ४२ भाषामा पढ्न सक्छ आर्टिकल

एक छिन सोच्नुहोस् त, तपाईँ दैनिक कति ओटा आर्टिकल, ब्लग पोस्ट, न्युज, आदि पढ्नुहुन्छ ? र त्यसको लागि कति समय खर्च गरिरहनु भएको छ? ढुक्क रहनुहोस्, अब तपाइको समयको बचत लगायत धेरै कुराहरूलाई सजिलो गर्ने फिचर ल्याएको छ गूगल ले, “वेब पेज रिडिंग” |

वर्षको सुरुमै, गुगलले केही आगामी नयाँ फिचरहरूको घोषणा गरेको थियो । ती मध्य एक थियो, गुगल सहायक (Google Assistant) लाई ठुलो स्वरले वेब पेज पढ्नको लागि अनुरोध गर्नु | जस्तै कुनै पनि आर्टिकल अथवा वेब पेजेस् पढ्नु पर्‍यो भने गूगल सहाय (Google Assistant) लाई पढ्न लगाउने र उसले नेपाली लगायत ४२ भाषामा सोही पेज सजिलै पढिदिने छ र तपाईँले सजिलै सुन्न सक्नुहुनेछ |

गूगलका अनुसार, यो प्रविधि अन्य स्क्रिन पढ्ने सफ्टवेयर भन्दा फरक छ, किनकि यो प्रविधिले प्राकृतिक आवाज जस्तै गरेर सुरमा पढ्ने गर्छ |  त्यसैले मानिसहरूलाई लामो समय सम्म अडियो सुन्न कुनै समस्या हुँदैन।

यो फिचर कसरी प्रयोग गर्ने?

यदि तपाईँसँग आफ्नो एन्ड्रोइड फोनमा गुगल सहायक(Google Assistant) छ भने,  सुरुमा तपाइले पढ्न चाहेको पेज अथवा आर्टिकल ब्राउज गर्ने र ब्राउजरमा तपाइले पढ्न चाहेको आर्टिकल देखियो भने, “Hey Google, Read it,” वा “Hey Google, Read this Page ,” भनेपछि  सहायकले तुरुन्तै तपाईँको ब्राउजरमा देखिएका शब्दहरू पढ्न सुरु गर्दछ ।

केही रोचक बिट्स:

  • अटो स्क्रोल:

यसले पढिरहेको पेजलाई स्वचालित रूपमा (Auto) स्क्रोल गर्दछ, जसले गर्दा पढिरहेको पेज मात्र स्क्रिनमा देखिने छ |

  • अटो हाइलाइट:

तपाइले सुनिरहनु भएको अथवा भनौँ गूगल सहायकले पढिरहेका शब्दहरू यो प्रविधिले अटो हाइलाइट गरिदिन्छ, यसले तपाईँलाई कहाँ पढिएको छ भनेर ट्रयाक राख्न मद्दत गर्दछ |

  • पढाइको गति:

यहाँ तपाइले आफूले सुनेर बुझ्न सक्ने लेभलको गति मिलाउन सक्नुहुन्छ | जस्तै: तपाइले सुनिरहनुभएको कुरा छिटो अथवा ढिलो लाग्छ भने तपाइले आफै गतिलाई घटाउन र बढाउन सक्नुहुन्छ |

  • भाषा अनुवाद:

यो सुविधा विश्वका ४२ ओटा भाषामा अनुवाद गरिएको छ | यदि त्यहाँ डिफल्ट भाषा तपाइले बुझ्ने भाषा छैन भने, अनुवाद अप्सनमा गएर आफूले चाहेको ४२ भाषा मध्ये एक सेलेक्ट गर्न सक्नुहुन्छ र सुन्न सक्नुहुन्छ | ४२ ओटा भाषामा नपाली भाषा पनि समावेश गरिएको छ |

  • पढ्न लाग्ने समय:

पेजमा भएको आर्टिकल पढ्न लाग्ने समय पनि यो प्रबिधिमा समाबेस गरिएको छ | जसरि हामीले मोबाइलमा म्युजिक सुन्छौं  त्यसरी नै त्यहाँ पनि अगाडी पछाडी सार्न सक्छौं |

–           यो सुविधा मूलतः कुनै सेट अप बिना नै कुनै वेबसाइटमा काम गर्दछ ।

–           यदि तपाईँ एक वेब मास्टर हुनुहुन्छ र कुनै कारणवश अथवा कुनै संवेदनशील जानकारी समावेश गरिएको र ठुलो स्वरले बोल्न नमिल्ने शब्दहरू छन् भने र यो सुविधा प्रयोगमा राख्न चाहनुहुन्न भने त्यसका “HTML Meta Tag” मा “nopagereadaloud” प्रयोग गर्नु पर्ने हुन्छ । जसले गर्दा यो प्रविधि लाई पढ्न गूगल असक्षम हुनेछ |

गूगलले हरेक बर्ष आफ्नो नयाँ नयाँ प्रडक्टस ल्याउने र त्यसमा नयाँ फिचर्स थप्ने गर्दछ | त्यसैअनुसार गूगल सहायक(Google Assistant) को नयाँ फिचर, आर्टिफिसीएल इन्टिलिजेन्स अन्तर्गत मसिन लर्निंग को पर्योग गरिएको यो प्रबिधि पनि धेरै प्रयोगमा आउने देखिएको छ |

मुख्यगरी दृस्टीबिहिन मान्छेहरुका लागि यो सुबिधा धेरै प्रयोग्य हुनेछ साथै अरुले पनि  ड्राइभिङको बेला होस् या यात्राको बेला, जहाँ जुनसुकै अवस्थामा पनि  यो सुबिधा प्रयोग गर्न सक्नेछन् |

भिडियो हेर्नुहोस्:

Leave a Comment

Subscribe to my newsletters

Listen my Podcast