मनुसा- (कथा)

22 Likes Comment

सौरभको घरबाट निस्किएर सिडीबाटओर्लदै गर्दा मेरो खुट्टा एक्कासि झस्किए र साथसाथै मनपनि झस्कियो | आखाभने केहि पर तर संगै टासिएको घरको बगैचामा उभिरहेकी एक युवतीको पृष्टभागमा गएर बाधियो | एकतमासले बगैचामा फुलिरहेका फूलहरुतिर हेरिरहेकी युवती परिचित जस्तो लाग्थ्यो | सिडीको अन्तिम खुड्किलो झर्दैगर्दा सायद मेरो जुत्ताको आवाजले उसको एकोहोरो मन झस्केको हुनुपर्छ र त्यहि झस्केको मनले म भएतिर हेरी| हामीले एक असिम अबिस्वासका साथ हेरिरह्यौ एकाग्र भएर | एकतमासले| मानौ एक्कासि नचिताएको प्रतिफल पाएका छौ |

‘तिमि ?’

उसको आवाज उत्तेजनाले चम्किएको थियो र मेरो अनुहारमा एउटा मुस्कान उदाउन खोजिरहेको थियो तर जवाफमा मैले टाउको हल्लाइरहें सायद मेरो त्यो क्रियाकलाप बडो अश्वभाबिक लागिरहेको हुदोहो उसलाइ|

‘आउन एकैछिन बसौं |’

उसले छेवैको कोठातिर इशारा गर्दै भनि | सायद उसले मेरो असजिलोपनलाई पढेर भनि,

‘एक्लै छु, कोहीपनि छैन |’

म हासिरहें मात्र एउटा फिक्का र धमिलो हासो जसको कुनै रुप र रंग थिएन | ढोका खोलेर भित्र छिरी |

‘आउन |’

उसले यसरि बोलाइरहेकी थिइ कि मानौ भर्करै प्रस्तावित नया प्रेमीलाई स्वागत गर्दै छे |

म भित्र पसें |

‘बसन |’

उसले ढोकाको दाहिने साइडतिरको सोफामा इशारा गर्दै भनि | म बसें | यतिबेला सायद मेरो अनुहारमा आज्ञाकारी बालको भाब पोतिएको हुदोहो| उ पनि अगाडीपट्टिको सोफामा बसी | हाम्रा बिचमा एउटा टेबल सिमारेखाझै उभिएको थियो | झट्ट हेर्दा उ साधारण लाग्थी | साधारण पहिरन | मेरा आखाहरू उ बाट निस्किएर कोठाको चारैतिर दौडिन खोजे तर केहि त्यस्तो चिज देखिएन जुन कुराले उसको परिचय झल्काउन मद्दत गर्थ्यो | कोठाएकदमै परिचयहीन थियो यतिसम्म कि न कुनै पोस्टर, न क्यालेन्डर न फोटोहरु केहिपनि थिएन बाहेक ढोकाको देब्रे साइडमा एउटा बुक र्याक जसमा बिभिन्न प्रकारका पुस्तकहरुले भरिएको थियो | छेउमै एउटा बेड थियो जसलाई उसको कुर्ताजस्तैचम्किलो तन्नाले ढाकिएको थियो | बेडको दक्षिणतर्फ झ्याल र पश्चिमतिर एउटा ढोका थियो र माथितिर सोफा, टेबुल, र अलि माथि कुनामा एउटा LED टिभी थियो |मानौ अनुसन्धानको लागि खोजतलास गरेझै एकै हेराइमा सबैतिर नजर डुलाईसकेको थिएँ मैले | एकछिन त्यो कोठाको भयानक तनाबमा हामि चुपचाप हामि बसिरह्यौ | म केहि बोल्न चाहन्थें तर बोल्नको लागि म संग शब्दहरु एकाएक हराएकोभान भयो | मनमा एककिसिमको अस्पस्टता छाइरह्यो | कुइरोझैँ| फेरी हामी धेरै बोल्नेपनि कहाँ थियौ र ?

‘साच्चीतिमीलाई मैले बनाएको चिया मिठो लाग्छ हगी ? बस्दैगर हैएकैछिनमा म बनाएर ल्याउछु |’

यति भनेर उ उठी |

‘भैगो दुख नगर | भर्करै सौरभको घरमा कफी पिएर आएको छु | फेरीमैले चिया पिउन छोडिसकें |’

मेरो पहिलो बोल्ली निस्कियो त्यो पनि कठोर सब्दका साथ | उ आश्चर्यजनक तरिकाले हेरी सायद मेरो पछिल्नो शब्दले उसलाई अचम्मित पारेको हुनुपर्छ |

‘यहाँ आएर केहि नखाएर जान्छौ?’

उ आश्चार्यमिश्रित स्वरमा भनि|

म केहि बोल्न खोजिरहेको थिएँ बिचमै रोकेर फेरी भनि-

‘चिया छोडेको भए कफिनै बनाउछु |’

उसको यो भनाइलाई आग्रह भनौ या के ? म अनविज्ञ थिएँ |

‘हैन चियानै बनाउ |’

मैले भनें | उ मुस्कुराई र भनि-

‘छोडेको चिजलाई पनि कहाँ भुल्न सकिन्छ र होइन ?’

यति भनेर उ किचेनमा  छिरी मलाइ एउटा प्रश्नको पहाडमा एक्लै छोडेर |

***

नया कोठा, नया बिहान, सायदनया परिबेस र नया ठाउ भएर हुनुपर्छ रातभर खासै निद्रा परेन तर पनि मंसिरको चिसो समयले बिहान ओछ्यानबाट उठ्न अल्छी बनायो | ७ बजिसकेको थियो बिहानीसिरेटो झ्यालबाट छिरेर बिस्तारै मलाई जिस्काईरहेको थियो र मलाई उठ्न बाध्य बनायो | उठेर झ्यालको पर्दा सर्काउँन लाग्दा अचानक मेरा आखा पारीपट्टी अर्को घरको कौसीमा उभिएर चिया पिउदै गरेकी एक युवतीमा गएर ठोक्किए| यसरि ठोक्किएका थिए कि आखा झिम्काउँन समेत मन लागिरहेको थिएन | कानमा इएरफोन घुसाएकी, कपाल फुक्का छोडेकी, ट्रयाक-सुटमा सजिएकी मानौ भर्करै मार्निंग वाक गएर फर्किएकी थिई | आखा नाझिम्काउदै उभित्र पसी, फेरी आउछेकि भनि एकछिनसम्म हेरिरहें तर उ आइन | १० बजेसम्म घरि झ्याल घरि कौसीमा गएर हेरिरहें तर फेरी देखिइन| भोलिपल्ट उसैगरी देखा परि र सधैझै बिहानको समयमा देखिन्थी म त्यसरीनै हेरेर मन भर्थें |

एकदिन सधैझै झ्यालबाट चिहाएर हेर्दैगर्दा उसलेपनि मतिर पुलुक्क हेरी | हत्तपत मैले पर्दा बन्द गरें | त्यतिखेरयस्तोभान भैरहेको थियो कि मानौ कुनैसर्बांग नाङ्गो स्त्रीलाई देख्दैथिएँर म रंगिहात पक्डिएको थिएँ उ बाट| फेरी पर्दा अलिकति सारेर हेरेको उ म भएतिरै हेरिरहेकी थिइ र मैले फेरी हेर्ने आट गर्न सकिन त्यसरी |

शनिबारको दिन दिउसो कौसीमा बसेर घामको राप रहातमा एउटा पुस्तक लिएर बसेको थिएँ | उ पनि घाम ताप्दै बसिरहेकी थिइ | मेरो ध्यान भने किताब भन्दा उ तिर बढी थियो | उ भने भर्करै नुहाएर कपाल सुकौदै थिई सायद | उसको फुक्का कपाल र उसले गरिरहेको क्रिकलापले यस्तै देखाउथ्यो | त्यसरी हेर्दा हेर्दै एकपटक उसको र मेरो नजर एकैपटक एक अर्कामा पर्यो र नजर चुकाउन सकेनौ | एकोहोरो हेरेको हेरै भयौ आखा झिम्किएनन् | यसरि हेरेका थियौकि मानौ बर्सौ पहिले छुट्टिएका एक प्रेम जोडी भर्करै भेट भएको थियो | त्यसरी हेर्दा अनेक भाब पोतिएको थियो मेरो अनुहारमा र त्यतिखेरनै असहज परिस्थितिका बाबजुत पनि हात उचालेर हाई भन्न भ्याएँ त्यतिहेर मेरो हात हल्लाउनु परेको थिएँन आफै हल्लिएको थियो डरमिश्रित भावमा तर असहज रुपमै भएपनि उसले हाइको रिप्लाई गरेकी थिइ | त्यो बाहेक बोल्नको लागि शब्दहरु मुक्तकण्ठमै अड्किएको थियो मात्र एक नमिठो मुस्कान बाहेकं |

‘मनुसा ?’

कुनै नारिश्वर प्रबाह भयो कतै भित्रबाट |

‘हजुर आएँ |’

भन्दै उ भित्र छिरी | म भने उसको नाम थाहा पाएको खुसीमा उसको नाम जप्दै बसें ‘मनुसा’ |

***

 

सोफाबाट उठेर झ्यालको पर्दा अलिकति सर्काएं | बाहिर मनुसाले अघि हेरिरहेका बगैचाका फूलहरुमाथि पुतलीको छुट्टै संसार थियो | आकाशले सूर्यास्तको पहिरन पहिरन लागेको थियो | भित्र मनुसाले चिया कपमा राख्दै गरेको आवाज कानमा गुन्जियो|

‘सुरज ?’

भित्रैबाट मनुसाले बोलाइ |

‘हँ ?’

मझस्किएको आवाजले भने |

‘चिया किन छोडेको तिमीले ?’

उसले मन्द मुस्कानका साथ उत्सुकता देखाउदै सोधी |

‘छोडेको भए अहिले तिमीलाई फेरी किन पकाउन लगाउथें त ?’

मैले पनि सक्दो मुस्कानका साथ भने |

‘अनि पिउन छोडेको छु किन भनेको त ?’

फेरी उस्तै प्रश्न उस्तै क्रिया सहित उसले खडा गरिदिई म माथि |

‘तिमीले पकाएर खुवाएको चियाको बानी परेको थियो, तिमीले छोडेदेखी खानु र नाखानुमा केहि फरक देखिन त्यसैलेनखाएको|’

भर्करै देखिन थालेको मुस्कान एकै शब्दले मारिदियो दुबैको | चुपचाप चिया पिईरह्यौ दुबैले | उ हातमा चियाको कप लिएर एकटक मलाइ हेरिरहेकी थिइ | मेरा आखाहरुभने उसको अनुहारमा टिक्न सकिरहेका थिएन् | उसले कप टेबलमा राखी | एकछिन त्यसरी मौनातामै झ्याल बाहिर अस्ताउँन बाकि घामका किरणहरु हेर्न थालि |

यति कमजोर त थिइन म तर पनि मन आफैमा एक किसिमले लत्रिएको थियो | बोल्नको लागि शब्दहरु थिएनन म संग | त्यतिखेरमेरो मनमा झरी परिरहेको थियो र म रुखिरहेको थिएँ | त्यो झरी त्यो रुझाई अनायास थियो | एकदम अनायास |

‘मनुसा ?’

उ केहि सोचिरहेको हुदिहो सायद, एक्कासि मौनतालाई चिर्दै मैले उसलाई बोलाएँ |

‘हं?’

उ झस्कीएर बोलि |

‘साच्चीतिमीलेमलाईत्यस दिन किन छोडेर गएकी ?’

मैले उसको र मेरो बिचमा कुनै सुरक्षाको पर्खालझैँ एउटा प्रश्न खडा गरिदिएँ | बास्तबमा उसको अगाडी म आबरणहिन बन्न चाहन्नथें |

‘कथा धेरै लामो छ, यसबारे फेरी कुनैदिन भनुला | बरु तिमि भन के गर्दै छौ आजभोली ?’

उसले मेरो सुरक्षाको पर्खाललाई सहजै भत्काई आफ्नो पर्खाल ठड्याई | मलाइ लाग्यो यो प्रतिप्रश्नको सहयोगले उ म बाटछेलिनखोजिरहेकी थिई जसरि म उ बाट छेलिन खोजिरहेको थिएँ अगाडी | अचानक मलाइ के लाग्यो भने सबै कुरा पराइ भैसकेको छ टाढा टाढा सम्म केहि चिन्न सकिन्न | त्यो कोठा, र कोठामा भएका सामान सबै अपरिचितको छाया ओडेर उभिएका छन् मजसतै| अनि उ र म बास्तबमा लुकामारी खेलेर एक अर्कोलाई छल्न खोजिरहेका छौं |

फेरी स्तब्द र मौन भयौं| सधैझै उसको अगाडी उभिनुको सम्मोहनले मायालेझै मलाई पुनः छोपिरहेको भान भयो | उ मेरो अगाडी अनन्त लोकझैँ स्वप्नलोकसम्म फैलिएकी थिइ | सायद म पनि सपनाइँ रहेको थिएँ उदास, अहम् र असजिलोपन अनि जिज्ञासामिश्रित | र यसरि मैनबत्तिझैँ पग्लिएर एउटा चौतारो निर्माण गरिदियौं र त्यसैमा मौनता आएर बिश्राम गर्यो | एउटा लामो अन्तरालपछि यो साझामा हामि दुइ संगै थियौं | हामीले बोलिरहेका शब्दहरु अर्थहीन भइरहे तर पनि हामीले नबोलिकनैबोलिरह्यौ, सुनिरह्यौ|

***

पुस महिनाको एक साँझ म चाबहिल स्तुपामा साथीहरुसंग गफिदै बसिरहेको थिएँ त्यतिबेलै मान्छेहरुको त्यो अपरिचित भिडमा एउटा परिचित अनुहार देखियो| त्यो अनुहार मनुसाको थियो | त्यतिखेर उ असाध्यै सुन्दर देखिएकी थिइ | यस्तो भनौं मलाई त्यस्तो लाग्थ्यो त्यतिनै राम्री सायद जति कल्पना गर्न सकिन्थ्यो | उसले रातो सिम्रिक रंगको कुर्ता, कुर्ता बाहिर रातै सुइटर र हरियो चुन्गीदार सुरुवाल लगाएकी थिइ | अनि मलाइ सम्झना छ हरियो रंगको सल ओढेकी थिइ | बाक्ला काला केशहरु काधसंम हुनेगरी छाटिएका थिए | साधारण पहिरण तर असाध्यै राम्री उ एउटी केटीसँग गफिदै थिइ |

हेर्दा हेर्दै उनि दुइ एक अर्को संग छुट्टिएर आ-आफ्नो बाटो लाग्न थाले र म पनि साथीहरुसंग बिदावारी मागेर हतार हतार उसलाई पछ्याउन पुगें | सायद साथीहरुले कल्पना सम्म गर्न सकेनन होला कि यसलाई के भयो र गयो भनेर |

‘मनुसा ?’

हिड्दै गर्दा पछाडिबाट उसलाई बोलाएँ | उसलेपनि पुलुक्क मतिर फर्केर हेरी र आस्चार्यमिश्रित स्वरमा भनि-

‘हाइ…’

‘हाइ म सुरज |’

हल्काफिक्का मुस्कानका साथ मैले परिचयको हात अघि बढाएँ | उसले पनि सहजै हात अघि बढाई र भनि –

‘म…’

‘मनुसा |’

उसले भन्नु अघिनै मैले उसको परिचय खुद दिइसकेको थिएँ | हामि दुवै हास्यौं |

‘कसरि थाहा पायौ मेरो नाम ?’

उसले अचम्मित मान्दै सोधी र पहिलो भेटमै तिमि भनेर सम्बोधन गर्दा अझैं नजिकिएको अनुभब भैरहेको थियो मलाई |

’११ दिन अघि सुनेको, तिमीलाई कसैले बोलाइरहेको थियो त्यो नामले… |’

‘ओ माइ गड, त्यतिखेर सुनेको नाम कसरि याद राखेको अहिलेसम्म ?’

‘कुनै नाम यस्ता हुन्छन जुन नाम एकपटक पढेपछि दिलमै छाप बस्दोरहेछ | कहिलै नामिटिने गरि |’

मैले पनि सहजै मनमा लागेको कुरा भनिदिएँ | हामि हिडिरहेका थियौं | करिब १० मिनेटको बाटो कटेको पत्तै भएन | हामि छुट्टिएर आ-आफ्नो कोठातिरगयौं| कोठामा पुगेर उ देखिने कौसीमा हेरें कतिचाडै उ त्यहाँ देखापरेकी थिइ | फेरी मुस्कान साटासाट भयो | फेसबुक खोले रिक़ोइस्ट आयो मनुसाको तुरुन्तै एसेप्ट गरें | अनि सुरुवात भयो फेसबूकामा कुरा| त्यसरी दैनिक नजिक्याउदै गयो फेसबूकाले हामि दुइलाई एक दुरीमा रहेका बिशाल मनहरुलाई |

***

 

 

‘आज यहि खाना खाएर जाउ है ? म बनाउछु |’

अचानक उ आफु बसिरहेको ठाउबाट उठी |

‘म घरमा खाइहाल्छु नी तिमि किन …?’

उसको अनुहारमा बिचित्रको भाब बिकसित हुदै गैरहेको थियो | त्यो देखेर म चुप लागें |

‘मलाइ खुसि लाग्नेछ, आज धेरै दिनपछि कसैसंग बसेर संगै खाना खादै छु |’

उसको औपचारिकता अलि बढीनै थियो | हामिजे थियौं सायद त्यो हुनसक्दैनौं | समय फेरियो समयसंग मन पनि फेरिएको हुनसक्छ तर पनि उसको हार्दिकता र औपचारिकताले मलाइ नतमस्तक बनायो |

‘मनुसा ?’

मेरो मुखबाट फुत्त उसको नाम निस्कियो | भित्र जादैगर्दा उ टक्क रोकिएर म तिर पुलुक्क हेरी र भनि –

‘हँ..?’

उस्तै भाव | उस्तै व्यवहार | उस्तै मन | र उसको अनुहारमा उस्तै चमक देखें जुन २ वर्षपहिले मेरो आखाको वरिपरी हुन्थ्यो सधैं
| म हेरेको हेरै भएं उसको अनुहारतिर |

‘सुरज..?’

उसको आवाजले म झस्किएँ |

‘तिमीले केहि भन्न खोज्दै थियौ ..?’

उसले सोधी |

‘होइन केहि होइन |’

‘के म तिमीलाई मद्दत गर्न सक्छु खाना पकाउन ?’

म नजानिँदो पाराले हासें र उ पनि हास्दै भित्र पसी | लाग्यो उसको हासोको अर्थले आउन संगै मिलेर पकाउँ जसरि पहिले पकाउँथ्यौं |

***

 

सम्झन थालें बिगत | हामिदुइ बिस्तारै बिस्तारै नजिकिदै गयौं | सधैझै च्याट, फोन, भेटघाट हुनथाल्यो | उ एक्लै बस्दि रहिछ कोठा लिएर | बिहान सबेरै उठेर मर्निंग वाक जाने बानि रहेछ उसको पछी पछी मलाइ नी लिन थालि संगै | बाटो अधेरो हुन्थ्यो तर उज्यालो मन लिएर सधै चाबहिल देखि एरपोर्ट सम्म फन्को मारेर आउथ्यौं, चिया खाएर आ-आफ्नो कोठा जान्थ्यौं |

सधैझै बाहिरै चिया खाएर जाउँ भन्दा उसले आफुले पकाएर खुवाउने भनेर मलाई आफ्नो कोठामा लिएर गई| मैले नकार्न सकिन | चिया बनाएर खुवाई | उसले बनाएको चिया यस्तो लाग्थ्यो सायद सबैभन्दा मिठो चियाको स्वाद पहिलोपटक लिदैछु | रत्यसरिनै हाम्रो नया दिनको सुरुवात हुन्थ्यो |

त्यो फाल्गुन महिनाको एक साझ | जाडो बिस्तारै कम हुदै गैरहेको थियो | मनुसा चौरमा मेरै छेउमा पल्टिरहेकी थिइ | सर्बांग नाङ्गो शिरिसका रुखहरु गतिहीन भएर खडा थिए | म मौन थिएँ एककिसिमको शान्तिकालीन स्तब्धताले बाधेको थियो बाताबरणलाई | बिचबिचमा मनुसाको  शरीरबात प्रसारित परफ्युमको गन्धले मेरो नाक छुन आइरहेको थियो | एउटा कोमल र रहस्यमय गन्ध | साझको पातलो पछेउरा ओढेर आकास हिडिरहेको प्रतित हुन्थ्यो | यस्तैमा अचानक कतैबाट हावा प्रवाहित भएर आयो | फाल्गुन महिना भर्करै सुरु भएको थियो चिसो सिरेटोले उसको सल उडाउन खोज्यो | मैले रोकिदिएँ | केहि पात नझरेका रुखहरु हावाको प्रभावले सरसराउन थाले| केहि अगाडी बसिरहेका चराहरु चिर्बिराइरहेका थिए | मानौं सारा बाताबरणले गीत गाइरहेको थियो | कुनै प्रेम भाव बोकेको गीत | हामिदुइ त्यहि गीतको लयमा मस्तसँग अभिनय गर्दै छौं | यस्तैमा अचानक उसले सोधी-

‘तिमीलाई एउटा कुरा थाहा छ ?’ ‘छ, अधेरो हुन लाग्यो अब घर फर्कनुपर्छ |’ मैले यसरि भनिरहेको थिएँकि सायद कतै जान हतारिको थिएँ | ‘किन डर लाग्छ तिमीलाई म संग ?’ उसका शब्दहरुमा उत्सुकताको पातलो लेपन थियो |

 

‘म..’

म केहि भन्न खोज्दै थिएँ बिचमै उसले रोकी र फेरी अर्को प्रश्न थपी |

‘आज कुन दिन हो थाहा छ ?’

उत्सुकताले भरिएको आवाजले उसलेसोधी |

‘शनिबार त हो नि | किन सोधेको ?’

मैले उतर सहित प्रश्न थपिदिएँ | उसको उत्सुकता हराएर गयो |

‘सुरज, आज भ्यालेन्टाइन्डे हो तिमीलाई केहि भन्नु छैन ?’

‘ए हो र ? मलाइ त केहि भन्नु छैन तिमीलाई केहि भन्नुछ भने भन न |’

मैले केहि थाहा नपाएझैं अनि केहि नभन्नुको अभिनय गरेर उसको प्रश्न उतिरै फर्काइदिएं |

उ अझै गम्भीर भइ सायद केहि बोल्नको लागि शब्दहरु खोज्दै थिइ |

‘ल सुन, म तिमीलाई धेरै मन पराउछु | यति धेरै कि त्यति अरु कसैलाई मन पराउदिन | तिमीसंग हुदाँ मन अनौठो किसिमले शान्त हुन्छ | हजारौं मान्छेको भिडमा पनि मलाइ मात्र दुइ आखाले हेरेको मन पर्छ ति आखा तिम्र हुन त्यसैले तिम्रा आखाले पनि मलाइ हेरिरहुन जस्तो लाग्छ |’

‘अनि?’

‘अनि तिमिसंग कुरा गरिरहन मन लाग्छ | तिमीसंग बसिरहन मन लाग्छ |’

यति भनेर उसले आफ्ना आखाहरुलाई पश्चिमतिर अलिकति डुब्नबाकि सुर्यतर्फ़ फर्काइ|

‘आइ लाभ यु…’

गोजीबाट झन्डै टुक्रिसकेको तर नटुक्रिएको गुलाफको फूल हातमा लिएर मैले उतिर हात बढाएँ | उसले अचम्मित हुदै ठुला ठूला आखा बनाएर म तिर हेरी | सायद उसलाई अचम्ममा पार्ने गुलाफको फूल थियो कसरी सम्भब भयो यो सब भनेर | र मुस्कानका साथ झोलाबाट एउटा गिफ्टको प्याकेट सहित फूल दिएर भनि –

‘लभयु टु …’

र अंगालोमा कस्सीई |

 

यसरि एक नया प्रेम जोडी भएर हिड्न थाल्यौं अनौठो परिबेस लिएर | मलाई भने उसको प्रेमले यति सम्म बहुलाएको थियोकी सबै कुराभुलेर उसैलाई मात्र सम्झीरहन्थें| बिदाको दिन हाम्रो लागि छुट्टै रौनक लिएर आएको हुन्थ्यो | कहिले कलेज छोडेर फिल्म हल र कुनै पार्कमा गएर घन्टौं बितेको पत्तै हुदैनथ्यो | हामीलाई त्यतिखेर यस्तो लाग्थ्यो प्रेम गर्न समय कहिले पुग्दैन | त्यसरी दिन, हप्ता, महिना बित्न लागे | हाम्रो लागि ति दिनहरु छोटा लाग्न थाले | एकदमै छोटा |

बैशाकको कुनै दिन | म कलेजमा थिएँ| मनुसाको म्यासेज आयो | लेखिएको थियो-

‘सुरज मैले तिमीलाई इ-मेल पठाएकी छु हेर्नु ल …’

के लेखेर पठाईहोलि इमेल मा …मलाइ उत्सुकताको आकासले घेरिरहेको थियो | घरै पुगेर पढ्छु भन्ने लाग्यो | बेलुकी ६ बजे म कोठा पुगें र मनुसा बसेको घरतिर हेरें कसैलाई देखिन र ल्यापटप खोलेर इमेल चेक गरें | अन्य इमेल सहित मनुसको इमेल सबैभन्दा माथि थियो र खोलेर पढ्न थालें-

‘प्रीय सुरज !

प्रिय भनेर सम्बोधन गरें किनकि तिमि मेरो मनमा सधै प्रिय रहनेछौ | यो इमेल लेख्नुको बिशेस कुरा के छ भने यस्तो कुरा जुन तिमीलाई प्रतक्ष्य फोन गरेर भन्ने हिम्मत गर्न सकेकि थिइन ति कुरा लेख्न इमेलको साहारा लिएकि हुँ | सुरज आज म तिम्रो मन दुखाउदै छु किनकि अब देखि तिम्रो नजरमा अर्को पटक नपर्ने गरि जादैछु | कहाँ जादैछु भनेर भन्न म सक्दिन र तिमिपनी खोज्ने कस्ट नगर्नु | सुरज, मलाई माफ त पक्कै गर्ने छैनौ किनकि यो माफ गर्न लाइकको कुरै होइन | मलाई धोकेबाज त पक्कै भन्नेछौ तर मैले तिमीलाई धोका दिन खोजेकी होइन | मेरो बाध्यता यस्तै थियो जुन तिमीलाई पहिलेनै भन्नुपर्ने थियो तर भन्न सकेकी थिइन र त्यहि बाध्यताले आज तिमीलाई छोडेर जान बाध्य बनायो | यो भन्दा धेरै लेख्न सकिन बस् अब मलाई भुल्ने प्रयाश गर्नु | अलबिदा…|

मनुसा !’

यति पढ्दा पढ्दै मेरा आखाबाट आसुका थोपाहरु ल्यापटपको किवार्डमा झारिरहेका थिए | आशु पुछ्नका लागि हातहरु लल्याकलुलुक भएका थिए | लार्बराउदै भएपनि मोबाइल हातमा लिएर उसको नम्बरमा डाइल गरें फोन लागेन | फेसबूकामा हेरे एकाउन्ट डीएक्टिभ गरिसकिछ | उ बसेको कोठा गएँ | कोठा बन्द थियो नजिकै अर्को कोठामा बस्ने दिदीलाई उसको बारे सोधें उनले भनिन –

‘खै बाबु उनको बुवा आउनुभाको थियो लिएर जानुभो | बिचरी ! जादाखेरि रुन्चे अनुहार लिएर गएकी थिइन |’

म त्यहाबाट केहि नबोलीकनै निस्किएँ | उसको साथि सर्कल कसैलाई चिनेको थिएन | घर त भन्दै थिइ हेटौडा तर कुन ठाउँ मलाई केहि थाहा थिएन | उसलाई सम्पर्कमा ल्याउने कुनै कसुर बाकि राखिन तर सबैमा म असफल भएँ|

 

***

खाना खादै गर्दा मैले फेरी सोधें –

‘के भएको थियो मनुसा त्यतिखेर जुन कारणले तिमीले मलाइ छोडेर गएकी थियौ ?’

मैले जान्न चाहन्थें र फेरी उही प्रश्न दोहर्याएं |

‘भैगो छोडिदेउ यी कुरा बरु भन खाना कस्तो लाग्यो ?’

उसले फेरी टार्न खोजि | त्यतिखेर खानको स्वाद कस्तो छ भनेर विचार गर्नुभन्दा मलाई उसको कुरा सुन्नु थियो |

‘मिठो छ …| थाहा छ मनुसा तिमीले छोडेर गएदेखि कति पीडादायी जीवन बाचेको छु म ? के तिमीलाई अलिकति दुख र पिडा भएन ?’

मैले भनें |

‘दुख र पिडा त गहना हुँ जिन्दगीका |’

उसले सहजै उत्तर दिई तर मैले बुझ्न सकेको थिएन उसको कुरा |

‘अब जान्छु |’

खाना खाइसकेर मैले भनें |

‘अब हाम्रो भेट कहिले हुन्छ ?’

उसले म हिड्नै लाग्दा उत्सुकताका साथ भनि |

‘तिमीले मैले २ चोटी सोधेको प्रश्नको उत्तर जहिले दिन्छौ त्यहि दिन |’

मैले सक्दो मुस्काउदै भनें |

‘त्यसोभए तिम्रो मोबाइल नम्बर देउ म कल गर्छु |’

उसले भनि | मैले नम्बर दिएँ र बिदा मागेर हिडें |

बाहिर अधेरोले छोईसकेको थियो | गाडीको आवत जावत बिस्तारै कम हुदै थियो | अब पर्खनुथियो उसको फोन अनि थाहा पाउनुछ मेरो पिडाको कारण र उसको कथा | यसरि हिड्दै गर्दा उसले अघि बोलेका शब्दहरु-‘दुख र पिडा त गहना हुँ जिन्दगीका..’ मेरो अन्तस्करनमा गुन्जिरहे एउटागीतको भाका बनेर |

You might like

About the Author: Suman Khadka

Hi Howdy, This is Suman Khadka, Startups Enthusiast, Full Stack Developer, Occasional Blogger, Wannabe Entrepreneur, Amateur Philosopher, Poet & Columnist.

Leave a Comment