कबिता बन्दै बनेन (कबिता)

8 Likes Comment

बाबाले बारीमा मकै उमारेझै
उम्रिए शब्दहरु मेरो शब्दकोशमा
र थुप्रिए मेरो मस्तिस्कको भकारीमा
घारमा माहुरी भुनभुनाएझै
भुनाभुनाए शब्दहरु मेरो मस्तिस्कमा
राम्रा राम्रा फूलहरु छानेर
दिदीले शप्तरंगी माला उनेझैँ
उनिरहें मैले राम्रा शब्दहरुको माला
तर अहं
कविताको माला उनिदै उनिएँन

 

जब सुर्य उदाएको पुर्ब हेर्छु
लाग्छ
मेरो कबितापनि उदाउदैछ सुर्यसंगै
र खरखर सार्नेछु मेरो मस्तिस्कको डायिरीमा
बिस्तारै नजिकिन्छ सुर्य
तताइदिन्छ शब्दहरु थुप्रिएको मेरो मस्तिस्क
र, रित्याइदिन्छ मेरा सारा शब्दहरु
बेहोसिन्छु म
होसमा आउदा
सुर्य पश्चिमको पहेलो डाँडामा पुगेछ
लाग्यो
नउदाएरै अस्ताए मेरा कविताहरु |

ओ चन्द्रमा !
तिमि आयौ ?
पक्कै बोकेर ल्यायौहोला तिमीले त् कबिता
खै देखाउत म सार्छु मेरो मस्तिस्कमा
तर अहं,
देखाउनुको साटो लुक्यौ आफै बादलभित्र
र लुकाइदियौ मेरा कविताहरु |

 

राति सपनीमापनि शब्दहरुसंगै खेलिरहें
कहिले रस्हो कहिले दिर्घ, लयलाई झेलिरहें
एक्कासि बनेझै लाग्यो कबिता
र लेख्न बसें,
भरिए ४/५ ओटा पानाहरु
र, बने भिन्न प्यारेग्राफहरु
तर अहं
कबिता बन्दै बनेन |

You might like

About the Author: Suman Khadka

Hi Howdy, This is Suman Khadka, Startups Enthusiast, Full Stack Developer, Occasional Blogger, Wannabe Entrepreneur, Amateur Philosopher, Poet & Columnist.

Leave a Comment