भूकम्पले पारेको कालो दिन

14 Likes Comment

त्यो कालो दिन ! हो प्रत्यक नेपालीहरुलाई त्यो कहालीलाग्दो नै भएको छ | त्यो मात्र होइन त्यो भन्दा पछाडिका दिनहरु पनि त्यस्तै अथवा त्यो भन्दा धेरै डरलाग्दा भएका होलान | एकदमै त्रासदीपूर्ण भएका होलान | जसै मलाइ भएको छ | कसलाई के थाहा ? कतिखेर समयले यस्तो अवस्था बनाउछ ? थाहै नपाइ मान्छेहरु हताहत हुन्छन र भए | यो सब कहालीलाग्दो भएर बस्नेछ सबै नेपालीहरुको मन मनमा भलै म कहाँ छुट्टिन सक्थे र ?

त्यो दिन हो २०७२ साल बैशाख १२ गते मध्यान्ह ११:५६ बजे शनिबार | सायद शनिबार भएरै होला हामीजस्ता बिध्यार्थिहरु अनि बिभिन्न पेशा व्यवसायमा लागेका पेशाकर्मी ब्यापारी तथा सबै नेपालीहरु जो शनिबार देख्न आतुर हुन्छन | किनकि एक हप्तामा एक दिन कसैले परिवारसंग बिताउला, कसैले साथीहरुसंग बिताउला, कोहि घरमै आराम गर्ला अनि कोहि फिल्म हेर्न त कोहि घुम्न जालान र यस्तै यस्तै | यो बैशाखको प्रचण्ड गर्मि हुने समय, बसन्तको बहार छाएको समय, नयाँ बर्षले नयाँ उमंग र हर्स भरिदिएको समय, नयाँ आशाका किरणहरु पोखिरहेको समय, सबैलाई आशालाग्दो समय थियो यो | कसलाई थाहा, यस्तै समयमा प्रकृति रिसाउछ र हाम्रा आशा भरोसा एकै छिनमा निराशामा झारिदिन्छ ? सायद त्यो दिन प्रकृति हामिहरुदेखी रिसाएको थियोहोला त्यसैले यस्तो दुर्दशा बनायो हाम्रो |

****

त्यस म चाबहिल बुलबुले स्थित आफ्नै कोठामा थिएँ र त्यस दिन बिहानको खाना अलि ढिला भएको थियो मेरो सायद एक्लै भएर होला रुम पाटनर ओमकार शुक्रबार साथीकहा गएको आएको थिएन | मैले खाना खादाँ साढे ११ बजिसकेको थियो त्यसपछि ओमकार आयो संगै पवन पनि एकैछिनपछि निराजन पनि आयो | हामि सबै हाम्रै कोठामा बसिरहेका थियौं | भनिहालेनी शनिबार बारे त्यसैले हामीहरु संगै बसेर रमाइलो गर्दै थियौ | आ-आफ्नै तालमा व्यस्त थियौ | मैले भने एक्लै गीत सुनेर बसेको थिएँ | ठिक त्यसै बेला म बसिरहेको खाट हल्लिएको आभास भयो र अर्को खाटमा बसेका केटाहरुलाई किन हल्लाको खाट ? भनेर सोध्न नपाउदै ओमकारको हातबाट ल्यापटप भुइमा झर्यों, हामि सबै आ-आफ्नो ठाउ बाट भुइमा खस्यौ, किताब राखेको रयाक ढल्यो र किताबहरु भुइभरी छरपस्ट भए, भित्तामा झुन्ड्याई राखेका झोलाहरु साथै एना पनि भुइमा झर्यो, कोठाभरी सरसामान छरपस्ट भए | हामीपनि भुइमा एक ठाउमा बस्न सक्ने स्थिति थिएन | भुइमै लडिबुडी गरिरहेका थियौ | घर तल-माथि, वारिपारी गरिरहेका देख्थ्यौ | स्थिति कन्ट्रोलमा थिएन त्यसैले हामीले भगवानसंग प्राथना गर्दै थियौ | त्यस दिन थाहा भो अफ्टेरोमा त भगवान सबैका मनमा पो बस्दा रहेछन | मैले त्यसरी कहिले पुकारेको थिएन भगवानलाई र बिस्वास पनि गर्दिनथे तर त्यस दिन एक्कासी सम्झे थाहा छैन भगवानले हाम्रो कुरा सुने कि सुनेन तर करिब २ मिनेट पछी अलि कम भएको आभास भयो र हामि खाली खुट्टै बाहिर निस्कियौ | बाहिर जादाँ देखिरहेका थियौ सबै मान्छे बाहिर निस्केका | त्यहाँ अलि साँघुरो भएकाले हामी केहि माथि खुल्ला ठाउमा पुग्यौ | त्यहाँ जादा नजिकै ३ ओटा घरहरु भत्किएको देख्यौ | मान्छेहरु कराइरहेका | हुनपनि ७.९ रेक्टर स्केलको भुकम्प गएको रहेछ घरहरु किन नभत्किनु ? हामीहरु घर ढलेको ठाउमा पुग्यौ | मान्छेहरु पुरिएका रहेछन उद्दार गर्नुपर्यो भनेर लाग्दा नलाग्दै फेरी त्यहि बाकीं रहेको केहि भाग भत्किएर ढलेकै भागलाई पुर्यो अफसोच म केहि बाहिर भएर होला मलाई भेट्न सकेन र भित्र भएकालाई त्यहि पुर्यो |

मलाइ लाग्यो, हुनत सबैलाई लाग्योहोला पहिले आफ्नो ज्यान जोगाउन जरुरि छ अनि अरुको |  त्यसैले हामि केहि साथीहरु भेला भयौ संगैका ११/१२ जना भयौ र लाग्यौ खुला ठाउ खोज्न | अन्तत भएका साना खुल्ला ठाउ भरिभराउ थिय त्यसैले हामिभने लाग्यौ पशुपति माथिको डाडोमा | जादै गर्दा देख्दै थियौ बाटोमा मोटरसाइकलहरु ढलेका, गाडीहरु रोकिएका, अनि केहि घरहरु ढलेर पुरेका | अन्तत गयौ त्यहाँ | घरतिर फोन गर्न खोज्यौ तर फोनले कामनै गरेन | दिनभरी त्यहि बस्यौ र रात पर्न लाग्यो अब कहाँ जाने भनेर समस्या पर्यो | हामि अन्योलमा पर्यौ |

****

करिब ५ बजेतिर त्यहाबाट हिड्यौ सबैले भनेको सुन्दै थियौ धररा टाउर भत्कियो, कयौ भवन भत्किय कयौ ले ज्यान गुमाए | तर हामि सकुसल थियौ त्यतिबेला सम्म त्यसैले आफैलाई भाग्यमानी ठान्यौ | त्यसपछि बासको लागि हामी सानो गौचरण एउटा स्कुलको चौरमा पुग्यौ तर खानको बन्दोबस्त थिएन के गर्ने भन्दाभन्दै एकजना मान्छे आएर खाना खाना माथि आउनु भनेर बोलायो त्यो मान्छेलाई धन्यवाद नदिरहण सकिनौ |

बैशाखको चर्को गर्मि हुनेबेला पनि त्यतिबेला जाडोले कापाईरहेको थियो | आगो बालेर ताप्दै थियौ | त्यतिबेलासम्म फोन सम्पर्क थिएन लागेपछ्ही पहिलोपटक दीदीले आतिदै फोन गर्नुभयो म ठिकै भएको जानकारी दिए | अनि खाना खान गयौ २ गास भात खान करिब २ घण्टा लाइनमा बस्नुपर्यो तर पछाडिका ओमकार लगाएत केहि लाई खाना सकिएर भोकै बस्नुपर्यो |

खाना खाएपछी घरमा बुवालाई फोन लाग्यो म ठिकै भएको जानकारी दिएँ | त्यसपछि दीदी लगाए अरुले पनि फोन लागेको बेला फोन गर्नुहुन्थ्यो तर आमालाई लागेको थिएन | त्यसपछि रातभर आगो तापेर बस्यौ | रातिको २ बजेतिर पानी पर्न थालेपछि त्यहाबाट उठेर हिड्नुपर्ने अवस्था आयो गयौ फेरी हाँडीगाउँ त्यहाँ पनि बस्ने ठाउँ नभएपछी उभिएरै रात काट्यौ | भूकम्पले पनि पटक-पटक धक्का दीइरहन्थ्यो | सबै साथीहरु घर जाने सल्लाह गर्दै थिए अन्तत सुनौलो बिहानी संगै सबै घर गए म भने एक्लै भए | हुनत उनीहरुले करपनि नगरेका होइनन् र मलाई जान मनपनि नभाको होइन तर गईन | बिहानपख आमाले फोन गर्नुभयो आतिदै म ठिकै छु भनेपछि केहि हलुङ्गो भयो होला आमालाई पनि त्यस्तो अवस्थामा पनि कसैले घर आइज भनेर भन्नुभएन र म पनि गईन |

****

उज्यालो भयो कहाँ जाने के खाने भन्ने समस्या थियो गोजीमा पैसा पनि थिएन, बैंक सबै बन्द थिए, यदि पैसा भएपनि पसलहरु खुल्ला थिएनन ठुलो समस्या पर्यो | पछि ११ बजेतिर  साथि आदर्शसंग भेटेर टुडिखेलतिर लाग्यौ | बाटो – बाटोमा भत्केका घरहरु हेर्दै | ठिक १२:५६ बजे टुडिखेल गेटमा पुग्नासाथ फेरी भूकम्पको ठुलो धक्का महसुस भयो त्यतिबेला म नी भितामा ठोकिएको थिएँ | ६.९ रेक्टर स्केलको भूकम्प गएको रहेछ |  त्यसले फेरी धेरै घरहरु ढले | हामीपनि केहि घण्टा त्यहि बस्यौ अनि नजिकै धररा ढलेको ठाउँमा गयौ त्यहाँको स्थिति मार्मिक थियो | हेर्न नसकिने दृश्य थियो त्यहाँ | बिदेशी पत्रकारहरु आएर रिपोर्ट तयार पार्दै थिए | पछि ३ बजेतिर दीदिले घर आइज भनेर बिन्ति गर्नुभयो | मन भारि भयो | रुन मन लाग्यो | बुवा आमाले नभनेको शब्द दीदिको मुखबाट सुने | त्यसपछ्ही म घर जान तयार भए तर म संग पैसा पुग्ने थिएन | बैक सबै बन्द थिए | समस्या भयो | पछी आदर्शले आफ्नो खल्तीमा भएजति पैसा दिएर मलाई ठुलो गुण लगायो त्यतिबेला म भाबुक भएको थिए किनकि अफ्टेरोमा साथीले ठुलो सहयोग गरेको थियो | तर म घर जाने भएपनि उ भने आफ्नै घरमा यहि बस्ने कतै नजाने भन्दै थियो र त्यसै गर्यो | मैले पनि सतर्क रहन आग्रह गरे |

घर त जाने भइयो तर गाडी चलेका थिएनन बसपार्क पुग्नलाई | हिड्नुपर्ने अवस्था आयो | फेरी लाग्यो त्यहाँबाट पनि गाडी नचेलेको भए झन् समस्या हुन्छ | फेरी लाग्यो जहाँ बसेनी बाहिरै बस्नुपर्ने छ त्यहि कतै बसौला भन्दै हिडे बसपार्क तिर |  करिब ३ घण्टा हिडेर टुडिखेल बाट चाबहिल हुदै बसपार्क पुगे |

गाडी चलिरहेका रहेछन सीट नपाएरक्याभिनको टिकट काटेर बसे तर रातभर खुट्टा सार्ने ठाउँ थिएन झन् निद्राको त कुरै थिएन | भोलिपल्ट सुनौलो बिहानीसंगै म दांग पुगे र त्यसै दिन घर पनि | सबैले बाचेर आएको मा धन्य प्रकट गर्दै थिए |

****

थाहा थियो दशैँ लागेको बेलामात्र काठमाडौँ सुनसान हुन्छ तर आज अर्को कुरा थाहा पाएँ दशा लागेको बेला पनि काठमाडौँ सुनसान हुँदोरहेछ | अहिले त्यसै सुन्दै छु तर म घरमा छु | समाचार सुन्छु हजारौ मान्छे मारिरहेका छन् रे, बार बार भूकम्पको धक्का आइरहन्छ रे ? कहिले सम्म साम्य हुन्छ यस्तो बिपत्ति ? उत्तर कसै संग छैन यसको एउटा संग छ त्यो हो प्रकृति तर उ बोल्दैन |

लाखौ घरहरु घरहरु धोस्त भएका,

हजारौ परिवारहरु दिवंगत भएका,

लाखौ मान्छेहरु घाइते भएका,

र करौडौ नेपालीहरु बिस्थापित भएका सबैमा –

यो महाविपत्तिको बेला परेको दुख र पिडाले चुहिएका आशुहरु रोक्न साहस मिलोस मेरो यहि शब्द राहत दिन चाहन्छु सबै-सबैमा |

© सुमन खड्का

झिम्पे-४, सल्यान  |

हाल : चाबहिल काठमाडौँ |

मिति:२०७२-०१-१५

****

यो लेख लेखेको आज १० दिन भयो अनि भूकम्प गएको १४ दिन तर अहिले म काठमाडौँमा छु अहिलेसम्म पनि भूकम्पको धक्का महसुस हुन्छ | के यो बिपत्ति नरोखिएला त ?

photo source by: disasterassistance.info

You might like

About the Author: Suman Khadka

Hi Howdy, This is Suman Khadka, Startups Enthusiast, Full Stack Developer, Occasional Blogger, Wannabe Entrepreneur, Amateur Philosopher, Poet & Columnist.

Leave a Comment