बुबा! म छु नि (कविता)

5 Likes Comment

बुबा !
म सानो छंदा,
तपाईंको काँधमा चढेर ठूलो मान्छे बन्ने रहर
कहिलै मेटिएन
र त-
तपाईंको छातीमा खुट्टा बजार्दै
तपाईंको टाउकोको कपाल मुसार्दै
तपाइँभन्दा अग्लो हुँदा
मेरो मुहारमा छल्कने खुसि देखेर
तपाईंले टाउकोको झर्दै गरेको कपाल
अनि छातीको दुखाइ कहिलै देखाउनुभएन।
तर बुवा !
कपाल झरेर खुइलिदै गएको तपाइको तालुमा
मेरो जिम्मेवारीको चर्को घामले
सधै तताईरह्यो ,
मैले भने सधै राप लिईरहें।

बुबा !
मलाई थाहा छ,
म सपनाको शहरमा
मस्तसंग निदाइरहेको बेला
तपाईं फुंग रंग उडेको
उदासी अनुहार लिएर
गाउंमा हलो जोत्दै
रंगिन सपनाहरु बुनिरहनुभएको हुन्छ।

तपाइँभन्दा ढिलो बिउझने घाम
आजभोली मलाई
निद्रामै आएर जिस्काउने गर्छ
अनि म बिउझन्छु

खै !
घाम भन्दा ढिलो बिउझीएर
तपाईंको रंगिन सपनालाई
बिपनामै रंगिन बनाउन सकिएला ?
आखा मिच्दै सोच्छु
अनि भन्छु –
होइन भोलिबाट घामभन्दा चाडै उठ्छु ।

यति सुन्दा नरिसाउनु है बुवा
तपाइले बिस्वास गरेको छोराले
तपाईको सपना कदापि कुल्चने छैन
किनकि तपाइले फेर्ने स्वासनै
मेरो लागि अक्सिजन हो,
के मैले अक्सिजन त्यागुला र ?

बुबा !
तपाईं आफै मैनबत्ति बनेर
जल्नुभयो र पग्लनुभयो
अनि
मलाई उज्यालोमा राख्नुभयो।
अब मेरो पालो बुबा –
दु:खले गर्दा लुकेर झर्ने
तपाईंको आखाको आशुको
डामका रेखाहरु नचाउरिदै
बग्नेछन् खुसीका आशु पनि
चिन्ता नलिनुस बुबा ! म छु नि।

***

यो कविता सल्लेरिखबर मा प्रकाशित भएको थियो त्यहाँ पढ्न तलको लिंक क्लिक गर्नुहोस् |

http://sallerikhabar.com/?p=7576

 

You might like

About the Author: Suman Khadka

Hi Howdy, This is Suman Khadka, Startups Enthusiast, Full Stack Developer, Occasional Blogger, Wannabe Entrepreneur, Amateur Philosopher, Poet & Columnist.

Leave a Comment