About

जीवन –

आशाका किरणहरुसंग सल्बलाउदै अनि भिर, पाखा, कुना, कन्धरामा रुमलिदै त्यहि लडिबुडी गर्दै हुर्केको मान्छे म, अहिले यहासम्म आयको छु त्यस्तै लडिबुडी गर्दै | तर म आफैलाई थाहा छैन म को हुँ ?
यहाँ सम्म आयँको मतलब ति भिर पाखामा गाइ, बाख्रा चराउदै सल्लाको सितलतामा हराउदै त्यहि सल्लाको कुसुममा संगै लडिबुडी गरि अनि दुख सुख साटा -साट गरेका  बाल्यकालका संगी र साथीहरु देखि टाढा र तपाइहरुसंग यो इन्टरनेट को दुनियामा टाढैबाट भएपनि दुख सुख साटा-साट गर्न अहिले यहाँ छु |
मेरो खास परिचय केहि छैन | हुनत मैले म आफैलाई चिन्न नसकेको मान्छे तपाइँहरुलाई कसरि चिनाउं म को हो भनेर ? तर पनि चीनेजती अनि थाहा पाएजति भन्छु मेरो बारे |
यो दुनियामा पहिलो परिचय त नाम नै होला त्यसैले नाम बिनाको मान्छे हुदैन  | मान्छे मात्र किन हरेक चिजको नाम हुन्छ जसै मेरो पनि रहेछ,

मेरो नाम सुमन –  सु-मन जसको अर्थ पनि राम्रो छ सफा, स्वच्छ, सुन्दर –मन  र यस्तै यस्तै तर थाहा छैन नाम अनुसारको मान्छे छु कि छैन  | यो दुनियामा सुमन नाम गरेका मान्छे त धेरै होलान,  त्यसमा मलाइ कसरि चिन्ने ? त्यसमा म आफै कन्फ्युज छु तपाइँ नहुने कुरै भएन हैन र ?  तर  संसारमा भएजति सुमन मध्य पक्कै पनि एउटा म पर्छु होला तर चिन्न गाह्रो हुन्छ त्यसैले होला  नाम मात्र काफी भएन मान्छे चिन्न अरु केहि बताउछु,

मेरो प्रतिबिम्ब – मलाई चिन्नका लागि मुख्य चिज यो हो जस्तो लाग्छ,  मेरो मतलब तस्बिर  ठ्याक्कै प्रतिबिम्ब | हुनत अहिलेको जमानामापनि के को तस्बिरको भर पर्नु कहिँ कस्तो कहिँ कस्तो कम्प्युटरले गर्दा सबै ब्राड पिट कहिले त आफैलाई चिन्न गाह्रो पर्छ त्यसैले अरु परिचय खोजौ,

शैशिक योग्यता – शिक्षा त सबैसंग हुन्छ त्यसमा मेरो छुट्टै परिचय बनेको छैन |

मेरो लक्ष्य – के गर्ने, कहाँ जाने, यस्ता यस्ता त सबैका सोच तथा लक्ष्य हुन्छन तर के गर्नु कहिलेकाही यस्ता कुरा सोच्दा पनि जीवननै बिर्सेको हुन्छु | लक्ष्य त राख्छु ठुला ठुला तर पलभरको त्यो खुसि क्षणभरमै ओइलाउछ र सोच्न पनि छाडीदिन्छु जे हुन्छ त्यसैमा चित्त बुझाउला भन्दै |
म को हुँ ? 
अहिले सम्म पनि मलाई चिन्ने कुनै गतिलो प्रमाण भएन त्यसैले अरु भन्दै छु कतै यसबाट चिन्न सकिन्छ कि ?
म आफैलाई चिन्ने प्रयास गर्दै छु ।
……..  ‘म साधारण केटो  । होइन क्या रे, केहि असाधारण गुणहरु पनि छन् ।’  राम्रा कि नराम्रा ? – त्यो त भन्न सक्दिन, तर ति अलि फरक छन् अरु भन्दा | तर, ति पनि परिवर्तनशिल छन, समय संगै, अनि परिस्थिति संगै |
सबैले भन्ने गरे जस्तै ‘म एक नेपाली, देशप्रेमी युवा’…..
साहित्यमा रुची राख्छु तर इन्जीनेरिंग  पढ्छु | सोच्नु होला कस्तो मुर्ख होला???

जन्मिसकेपछि  केहि चाँही  गर्नु पर्छ है भन्ने सोचं  भने पक्कै छ ।  किनकि म सबै सामु चिनिन चाहन्छु र मेरो परिचय बनाउन चाहन्छु |

तर मेरो जीवनको अर्थ? – ‘त्यो खोज्दै छु ।’ जीवनको अर्थ भेटिदैन…..  त्यो सबलाई थाहा छ । तर खोजीरहेको छु, सायद  खोज्नु नै अर्थ पाउनु हो – त्यसैले खोजीरहने छु ।
अब गफ बढी भो, आफैलाई झ्याउ लागि सक्यो । पढ्ने मान्छेलाइ कति दिक्क लाग्या होला ! कतिले “तँ, जोसुकै होस्” भनेर कम्प्युटर नै बन्द पनि गर्नु भयो होला । फेरि कम्प्युटर भने कि क्या हो … कम्प्युटर नै त होइन होला, मेरो ब्लग मात्र होला नि ।
अब सिधा-सिधा नाम, थर, ठेगाना इ-मेल, मोबाइल नं सबै दिन्छु है ………..
नाम चाही थाहा पाइसक्नु भयो है …..

 मेरो घर चाही तपाई चिन्नुहुन्छ  ? कहाँ हो  ? कुन ठाउँ हो ? पक्कै पनि मेरो घर त् यहि त् हो नी तर कहाँ ? भनेको भए थाहा पाउनु हैन ? न आतिनुहोस …. सल्यान भन्ने जिल्ला सुन्नुभएको छ ?  हो त्यहि को एउटा गाउँ मा छ मेरो घर ..फेरी सल्यान चिन्दिन कहाँ पर्छ भन्नुहोला त्यसो भने मेरो उत्तर के हुन्छ थाहा छ ? अहिले भन्दिन प्रस्न आयो भने भन्छु |

मेरो ई- मेल [email protected] हो केहि सोध्न मन लाग्यो अथवा केहि भन्न मन लाग्यो भने मेल गर्नुहोस म रिप्लाई दिन्छु चाडै |

यति पढ्न दुख गर्नुब्भायो धन्यवाद | फेरी पनि यसरीनै हेर्दै गर्नुहोला | हजुरको समय शुभ बितोस |
Share this
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •