सोच्नुहोस् र धनी बन्नुहोस् – पुस्तक सार

सोच्नुहोस् र धनी बन्नुहोस् – पुस्तक सार

सुन्नका लागि प्ले बटनमा क्लिक गर्नुहोस्

नेपोलियन हिल द्वारा लिखित पुस्तक Think and Grow Rich ‘सोच्नुहोस् र धनी बन्नुहोस्’ व्यक्तिगत विकास र आत्म-सुधार लाई मुख्य विषयवस्तु बनाएर प्रचार गरिएको छ | जबकि यो पुस्तकको शीर्षक भने आम्दानीलाई प्रचार गरिरहेको छ | तर लेखकले भनेका छन् पुस्तकभित्रको दर्शन भने यो पुस्तक पढ्ने जो कोही जुनसुकै काममा जे सोच्छन् त्यो सफलता हासिल गर्न सक्नेछन् | 

करिब २५ वर्ष लगाएर धेरै ब्यबसायीहरुबीच रिसर्च गर्दा देखिएका मुख्य कुराहरूलाई २ मुख्य भाग १.मास्टर माइन्ड सिद्धान्त / प्रक्रिया  र २.तिमी कहाँ जान चाहन्छौ त्यो धेरै राम्रो सँग जान  र १३ चरण १. इच्छा, २. विश्वास, ३. अटो सजेसन अथवा स्वतः सुझाव, ४. विशेष ज्ञान, ५. कल्पना, ६. योजना, ७. निर्णय, ८. दृढता, ९. मास्टरमाइन्डको शक्ति, १०. सेक्स ट्रान्समिटेशन को रहस्य, ११. अवचेतन दिमाग, १२. दिमाग, र  १३. सिक्थ सेन्स मा विभाजन गरेर यो पुस्तक तयार पारेका छन् |

यो पुस्तकको प्रत्येक शब्दहरू र वाक्यहरू एकदमै महत्त्वपूर्ण छन् तर पनि यहाँ म तपाईँहरूलाई पुस्तकको केही टपिक सारांशको रूपमा बताउन गइरहेको छु | 

इच्छा

सबै उपलब्धि को सुरुवात बिन्दु इच्छा हो।-नेपोलियन हिल

यदि तपाई आफ्नो सपनाहरू पुरा गर्न चाहनुहुन्छ भने, तपाईँसँग इच्छा र त्यो इच्छा पुरा गर्नलाई जोस हुन एकदम महत्त्वपूर्ण छ | उदाहरणका लागि थोमस एडिसनले बल्ब बनाउनलाई बर्षौ सम्म गरेका प्रयासहरू असफल रहे तर पनि उनी आफ्नो इच्छामा जोस कहिले कम गरेनन् अन्ततः उनी बल्ब बनाउन मा सफल रहे |

त्यसैले तपाईँमा कुनै काम गर्न इच्छा हुनुपर्छ र त्यो काममा तपाई जसरी पनि सफलता हासिल गर्न सक्नुहुन्छ |

लक्ष्य र योजना

आफ्नो लक्ष्यहरू पूरा गर्न तपाईँसँग ठोस लक्ष्य र योजनाहरू हुनुपर्दछ। जबसम्म तपाईँसँग लक्ष्य हुँदैन तबसम्म तपाई योजना बनाउन सक्नुहुन्न | योजना बिना तपाई कुनै पनि काम गर्नलाई अगाडी बढ्न सक्नुहुन्न यदि योजनाबिनै अगाडी बढ्नु भयो भने त्यो कामले तपाइलाई लक्ष्यमा पुर्‍याउन सक्दैन  |

त्यसैले कुनै पनि काम गर्दा पहिलो चरण भनेको लक्ष्यहरू र त्यसलाई प्राप्त गर्ने योजना लेख्नु हो। केही यस्तो लेख्नुहोस्  जसले तपाइलाई सोच्न बाध्य पारोस् र तपाइको लक्ष्यलाई सजिलै परिभाषित गर्न सकोस् | र त्यो लेखेको कुरालाई त्यस्तो ठाउँमा राख्नुहोस् जहाँ तपाई सुत्दा र उठ्दा सजिलै देख्न र पढ्न सक्नुहोस् |

“असफलताको सबैभन्दा सामान्य कारणहरू मध्ये एक अस्थायी हारबाट पराजित हुँदा छोड्ने बानी हो। प्रत्येक व्यक्ति एक समय वा अर्कोमा यो गल्तीको लागि दोषी छन्।”

अनि लक्ष्य बनाउँदा ख्याल गर्नुपर्ने कुरा चाहिँ सधैँ स्थिर अथवा फिक्स राख्नुहोस् जस्तै: तपाईँलाई अबको एक वर्षमा ५० लाखको गाडी चढ्न मन छ भने टार्गेट समय ठिक एक वर्ष र लक्ष्य ५० लाखको गाडी राख्नुहोस् | यदि तपाइले एक वर्षमा ५० लाखको गाडी नभई ३० लाखको गाडी किन्नुभयो भने तपाई आफ्नो लक्ष्यमा पुग्न सक्नुभएन त्यहाँ तपाइको लक्ष्य पुरा गर्ने योजना राम्रो भएन | त्यसैले कुनै पनि लक्ष्य प्राप्त गर्न बलियो योजना बन्नु एकदमै आवश्यकता छ | 

दृढता 

तपाइको लक्ष्य हासिल गर्न दृढता धेरै महत्त्वपूर्ण छ | यो पुस्तक लेख्दा लेखकले पच्चिस हजार व्यवसायी को विश्लेषण गरेका छन् जहाँ उनीहरूको व्यवसाय असफल हुनुको मुख्य कारणको रूपमा दृढ सङ्कल्पको अभाव रहेको पाइएका छन् |

त्यहाँ कोहिपनि सफल हुन सक्दैन जहाँ मन नपरेको काम गर्न प्रयास गर्छ |

दृढताका साथसाथै कहिलेकाहीँ जिद्दीपन पनि उपयोगी हुन्छ। हेनरी फोर्ड आफ्नो जिद्दीको लागि परिचित थिए। जहाँ उनले आफ्ना इन्जिनियरहरूलाई भनेका थिए कि जति समय लाग्छ जति खर्च लाग्छ गर तर त्यो कामको समाधान भई लक्ष्य पूरा हुनुपर्‍यो । र त्यो जिद्दीपनका कारण फोर्ड आफ्नो सफलता हासिल गर्न चुकेनन् |

विश्वास 

हरेक ठुलो ऐतिहासिक उपलब्धिहरू विश्वासमा निर्भर रहेको लेखकले यो पुस्तकमा जोड दिएका छन् | विश्वास भनेको उपलब्धिको पहिलो स्थान हो जहाँ मानिसहरू एक-अर्कासँग अडिग भएर उभिएका हुन्छन् | यदि तिनीहरू विश्वास गर्दैनथे भने, नयाँ आविष्कारहरू पत्ता लाग्ने थिएनन् ।

महान् उपलब्धि सामान्यतया ठुलो त्यागबाट जन्म हुन्छ, र त्यसको नतिजा कहिले पनि स्वार्थको हुँदैन।

विश्वास नै हुने थिएन भनेँ, गान्धीले बेलायती उपनिवेशवादलाई शान्तिमय ढङ्गले पराजित गर्ने थिएनन्, र एडिसनले बिजुली बत्तीको आविष्कार गर्ने थिएनन्। यदि तपाईँसँग अटल विश्वास छ भने तपाईँ आफ्नो लक्ष्यहरू पूरा गर्न सक्नुहुन्छ।

अटो सजेसन अथवा स्वतः सुझाव

यो विषय आफैमा चाखलाग्दो छ | एक पटक सम्झनुहोस् त तपाई प्रायजसो कति बजे उठ्नुहुन्छ? र फेरी सोच्नुहोस् तपाइलाई भोलि बिहानै उठेर तपाइको मन पर्ने ठाउँ घुम्न जानु छ र तपाइले बिहान ४ बजेको अलराम राख्नुभयो | याद गर्नुहोस् तपाइको निद्रा तपाइले राखेको अलरामभन्दा अगाडी नै खुल्छ त्यो हो स्वतः सुझाव यानकी अटो सजेसन | 

मानिसको दिमागले जे रोप्न सक्दछ र विश्वास गर्न सक्छ, यो सजिलै प्राप्त गर्न सक्दछ।

अटो सजेसन तपाइको अवचेतन दिमागबाट चल्ने प्रक्रिया हो जसले तपाई निदाई रहेको बेलामा पनि काम गरिरहेको हुन्छ | 

विश्वास र अन्य थुप्रै स्वभावहरू सबैसँग हुँदैन | ती स्वभावहरू प्राप्त गर्न तपाई अटो सजेसनको प्रयोग गर्न सक्नुहुन्छ | 

विशेष ज्ञान

यो पुस्तकको एउटा सिद्धान्त भनेको विशेष ज्ञान हो | आजकल प्रायजसो लेखिने पुस्तक र ब्लगहरू, कुनै साना तथा मझौला आकारका कम्पनीहरूलाई यो सिद्धान्तको उदाहरणको रूपमा लिन सकिन्छ | किनकि यी सबै कुनै न कुनै एउटा विषयवस्तु समाएर अगाडी बढेका हुन्छन् जसलाई हामी “Niche” भन्छौ |

हुनसक्छ तपाईँसँग धेरै कुरा सिक्ने इच्छा शक्ति छ र सिक्नुभयो भने पनि तपाई सबै कुरामा विज्ञ हुन सक्नुहुन्न | विज्ञ त्यो विषयमा मात्र बन्नुहुन्छ जून विषयमा तपाई जोस देखाउनुहुन्छ | त्यसैले धेरै कुरा सिक्नुहोस् तर विशेष ज्ञान सीमितमा राख्नुहोस् |

आफैलाई जान्नु

असफलताको सामान्य कारणहरू समाधान गर्न, जस्तै समाधानको अभाव, ढिलाइ आदि।, तपाईँसँग पर्याप्त आत्म-जागरूकता हुनु आवश्यक छ ताकि तपाईँ यी कमजोरीहरूको विरुद्ध कार्यहरू गर्नुहोस्।

तपाईँ बोल्नु अघि दुई पटक सोच्नुहोस्, किनकि तपाईँको शब्द र प्रभावले सुन्नेको दिमागमा या त सफलता वा असफलताको बीउ रोप्नेछ।

एउटा राम्रो आत्म-विश्लेषण गर्ने तरिका भनेको इमानदारीपूर्वक आफूले आफैलाई विभिन्न प्रश्नहरूको जवाफ दिने जस्तै, किन मैले मेरो लक्ष्य प्राप्त गर्न सकिन? के मैले मेरो भोलिबादको समस्या समाधान गर्न सक्दिनँ? आदि |

सकारात्मक भावना

कुनै पनि सकारात्मक नतिजाहरू प्राप्त गर्न, हामीले हाम्रो अवचेतन दिमागलाई सकारात्मक कुराले भर्नु वा सकारात्मक रूपमा सोच्नु पर्छ। प्रेम र उत्साह जस्तै सकारात्मक आवेग बढाउँदा तपाइको जिन्दगी सुन्दर बन्नेछ ।

अन्तमा: यो एक प्रतिष्ठित पुस्तक हो र यसमा धेरै उपयोगी सल्लाहका साथसाथै केही अनौठो अंश पनि समावेश छ | लेखकले आफ्नो जीवनको ठुलो हिस्सा सफलताको अध्ययनमा समर्पित गरेर यो पुस्तक तयार पारेका हुन् । त्यसैले पनि यो एउटा बलियो पुस्तक बनेको छ | यस विषयवस्तुमा रुचि राख्ने सबैलाई यो पुस्तक पढ्न सिफारिस गर्दछु।

म आशा गर्छु तपाईँले आनन्द लिनुभयो!

भिडियो हेर्नुहोस्

  • यो आर्टिकल कभखबर मा प्रकाशित छ |

Leave a Comment

Subscribe to my newsletters

Listen my Podcast