तिमीले छोड्दा (कविता )

तिमीले छोडेर गएको दिन

मेरा एकजोर मौन आखाहरू

धेरै बेर सम्म रोए,

र भने,

‘उ हाम्रा नानीलाई दुखाएर गई |’

तर-

तिमीलाई थाहा थिएँन होला

मेरा यी मौन आखाहरुले

तिमीलाई मात्र सजाएर राखेको

भन त अब,

यी हँसिला आखालाई किन रुवायौ ?

 

मलाइ थाहा छ त्यो गोधुली साँझ

तिमीतिरै उभिएको घामको पहेलो डल्लो

अग्लो डाँडाबाट खसेर हराउँदा

तिमिपानी त्यसरीनै हराएकी थियौ

त्यसैले होला-

पछि जून उदास बनेर निस्कदा

मेरो मन अधेरोमा डुब्यो

भन त अब,

मेरो निर्दोष मनलाई किन डुबायौ ?

 

अधेरो सुरुंगमा छिरेको मेरो उज्यालो

एकाएक हराउँदा ,

मेरा आँखाहरू काला भएका थिए

मन अधेरो भएको थियो

मुटु चुँडिएको थियो

तरपनि

गतिशील मेरा हातका औलाहरु

उज्यालो खोजिरहें

तिमि अधेरोको उपासनामा लागेकी रहिछौ

मैले उज्यालो डाकीरहें |

भन त अब ,

तिमीले मेरो स्वर किन सुकायौ ?

 

कतै मिर्मिरेलाई चिर्दै बिहानी बोकेर उषाको लाली

मुस्कुराउँछ कि भनेर

दिउसोको पारीलो घामसँग लुकामरी गर्दै

गोधूलि साँझमा सप्तरङगी इन्द्रेणीको रङग भर्दै

रातका आकाशका ताराहरुलाई हेर्दै

घरको बार्दलीमा बसेर

जुनकीरीको धिपीधिपी उज्यालोमा

तिमीलाई खोजिरहन्छु

तर तिमि नआउँदा

मनभरि सम्झना बोकेर म फर्कने गर्छु

 

जिन्दगीका यी थकित नदीहरूमा

एउटा सुकोमल विश्वास टाढा गएको बेला

अन्धकार रातमा कुनै अज्ञात बस्तीमा

कोकाकुल तारमा रेटिएर

क्षयग्रस्त सारङ्गीहरू बेसुर बेसुर तालमा बजिरहेको बेला

रातभर बाघले लखेटेका सपनाहरू देख्नुभन्दा

तिम्रै प्रेमको भव्य महासागरमा डुबेर

तिम्रो मायालाई अमूल्य अवमूल्य बिरोधाभास

सेफबक्समा हिरामोती जस्तै राखेर

आज लेखिरहेछु म तिम्रै नाममा  कविता ।

 

तिमि गएदेखि

ती आकाशका जुनतारा छैनन्

धर्तीमा चियाउने ती जुनकीरी छैनन्

ती कृतिम गुलाबी फूलहरु छैनन्

बस

मायाको प्यास र

भरोसाको भोक लागिरहन्छ

त्यै पनि

म तिमीलाई सम्झिरहन्छु

के तिमि पनि मैले तिमीलाई सम्झेझै

मलाइ सम्झने गर्छौँ ?

Share this
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •